देवदह। देवदह क्षेत्रमा नदि जन्य पदार्थको चोरी निकासी हुनु नौलो कुरो होइन। पटक पटक नदि जन्य पदार्थको चोरी निकासी भएका समाचार सार्वजनिक भैरहेका छन् भने बेला बेलामा उत्खनन् प्रयोग भएका टेक्टर प्रहरीले नियन्त्रण गर्ने गरेको छ ।

बिशेष गरि देवदह क्षेत्रका घोडाहा,चरंगे,भलुही र रोहिणी नदि किनार बाट नदि जन्य पदार्थहरु चोरी निकासी भैरहेका छन् ।पछिल्लो पटक देवदह ११ र १२ को सिक्टहन क्षेत्र बाट नदिजन्य पदार्थको चोरी निकासी भैरहेको व्यापक गुनासो आएको छ। रोहिणी नदि किनार बाट दिनदहाडै टिप्पर तथा टेक्टर बाट उत्खनन भैरहेको स्थानीय रुबास गुप्ता बताउछन।सिक्टहनको नदि किनार बाट नदि जन्य पदार्थ अबैध उत्खनन भइरहे पनि स्थनीय निकाय र प्रसाशन मौन रहेको गुप्ताको आरोप छ।
आफ्नो गुनासो पत्रकारमाझ राख्न जम्मा भएको स्थानीयको ठूलो समुहले निर्वाचन आएको र भोटको कारण स्थानीय राजनीतिक नेतृत्व समेत उक्त कार्यमा मौन बसेको भन्दै देवदह ११ का वडाध्यक्षकै अगाडि आपत्ति जनाए ।

सोही स्थानमा उपस्थित केही ट्र्याक्टर संचालकहरूले समेत अबैध उत्खनन हुने गरेको स्विकार्दै उक्त कार्य सबैको मिलेमतोमा हुने बताए । स्थानीय तह र धकधई इलाका प्रहरी कार्यालय तर्फ इंकित गर्दै स्थानीयले प्रहरीले चाहे अबैध निकासी रोकिन सक्ने भन्दै सबैको मिलेमतोमा उक्त कार्य हुँदै आएको आरोप लगाएका छन् ।
नदि किनारमै उपस्थित भएका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर चौधरीले समेत चोरी निकासी हुने गरेको स्विकार गर्दै रातको समयमा चोरी हुने भएकोले रोक्न गाह्रो हुने गरेको बताए । यसबारे आफुले कार्यपालिकामा समेत कुरा उठाएको उल्लेख गर्दै चौधरीले यसप्रकारको अबैध उत्खनन रोकिनुपर्नेमा आफुले पनि जोड दिंदै आएको बताए ।

यसबारे धकधई इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद बेल्वासेसङ्ग कुरा गर्दा नदिजन्य पदार्थको चोरी निकासी जस्तो अपराधीक कार्यमा प्रहरीको मिलेमतो हुनै नसक्ने बताए । आफू कार्यालय प्रमुखको रुपमा धकधइ इलाका प्रहरी कार्यालयमा आएको १५ दिन मात्रै भएको उल्लेख गर्दै बेल्वासेले १ हप्ताको विचमा ४ ट्र्याक्टर र २ टिप्पर पक्राउ गरि ३०-३० हजार जरिवाना गराएको बताए ।
आफू कार्यालय प्रमुख भएर आएपछि यसप्रकारको चोरी निकासीबारे अध्ययन गरेको र अध्ययनका क्रममा धेरै जसो स्थानीयको घरमा नदिजन्य पदार्थ थुपारिएको पाईएकोले त्यसबारे देवदह नगरपालिकालाई जानकारी गराईसकेको उनको भनाइ छ ।
यसप्रकारको चोरी निकासीबारे जनप्रतिनिधिहरूले पनि अनुगमन गरि स्थानीयलाई बुझाउन सकेको खण्डमा अबैध निकासी रोक्न सहज हुने बेल्बासेको बताउँछन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij