बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रगति सामुदायिक वनको नेतृत्व चयनको लागि निर्वाचन हुने,को-को छन् आकांक्षी

प्रगति सामुदायिक वनको नेतृत्व चयनको लागि निर्वाचन हुने,को-को छन् आकांक्षी

images
  • 394
    SHARES

  • images
    images
    images
    प्रगति सामुदायिक वनको नेतृत्व चयनको लागि निर्वाचन हुने,को-को छन् आकांक्षी
    images
    images
    images
    देवदह । देवदह ९ घोडाहास्थित प्रगति सामुदायिक वन उपभोक्ता समुहको चौथो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको सहमति हुन नसके पछि निर्वाचन हुने भएको छ। 
     
    निर्वाचन मण्डलले सहमतिका लागि बिहीवार बिहान ८ बजेसम्मको समय दिएको थियो। सो अवधीभित्र सहमति नभए पछि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो। 
     
     
    यसरी हुनेछ निर्वाचन 
     
    देवदह नगरपालिकाको वडा नं.९ मा फैलिएको प्रगति सामुदायिक वनका उपभोक्ता समूह ५ समूहमा विभाजित छन् । नेतृत्व चयन प्रक्रियामा हरेक समुहबाट ३-३ जना गरि १५ जना चुनिने छन् । यदि पदाधिकारी सर्वसम्मतबाट चुनिन सकेनन् भने पुनः पदाधिकारीको लागि निर्वाचन हुनेछ । विधान अनुसार सहमति नभए पदाधिकारीको लागि पुनः सबै उपभोक्ताले प्रत्यक्ष मतदान गर्नुपर्ने छ ।
     
    ४७५ जना उपभोक्ता रहेको उक्त वनको नेतृत्वको लागि निवर्तमान अध्यक्ष चमाकान्त गौडेल, वरिष्ठ उपाध्यक्ष पुर्ण प्रसाद पौडेल, दुर्गा बहादुर राना र ईश्वरी घिमिरे अध्यक्षका आकांक्षी रहेका छन् । 
     
    स्रोतका अनुसार प्रगति सामुदायिक वनमा पनि देवदहका अन्य सामाजिक संघसंस्थामै झै राजनीति रुपमा दुई प्यानल खडा भएर चुनावी मैदानमा जाने देखिएको छ ।
     
    नेतृत्व चयन प्रक्रियाका लागि चैत्र १ गते निर्वाचन हुने बताइएको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij