देवदह। मदन भण्डारी स्पोर्ट्स एकेडेमी,देवदह नगर कमिटीको अध्यक्षमा बिष्णु ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । शनिबार नेकपा एमाले क्षेत्रीय पार्टी कार्यलयमा सम्पन्न प्रथम अधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन् । एकेडेमीको उपाध्यक्षमा बिष्णु वाग्ले, सचिवमा प्रविन गौडेल, सहसचिवमा मोनिका पौडेल, कोषाध्यक्षमा सन्तोष घले निर्वाचित भएका छन् । अधिवेशनबाट ज्ञवालीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ।

कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमीको सचिव देवि वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश अर्याल, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य प्रविन गौडेल, राष्ट्रिय युवा संघ जिल्ला
सह-संयोजक,युवा तथा संचार इन्चार्ज विकास गहतराज लगायतले शुभकामना मन्तब्य राखेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij