देवदह। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदह ८ विस्तारित भेला भब्य रुपमा सम्पन्न भएको छ।
भेलाले देवदह ८ मा ६ वटा टोल कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ।
जस अन्तर्गत लांघाली (तेस्रो) टोलको संयोजकमा रबिन खड्का,सह-संयोजकमा राजु राना,देउराली टोलको संयोजकमा थम बहादुर वली,सह-संयोजकमा नारायण अर्याल ,तल्लो देउराली तोलाको संयोजकमा हरिश्चन्द्र न्यौपाने,सह-संयोजकमा छविराम चौहान,बंगाली टोलको संयोजकमा कविराम नेपाली ,सह-संयोजकमा सुक बहादुर नेपाली,प्रेम टोलको संयोजकमा गौतम श्रेष्ठ र प्रगति टोलको संयोजकमा बल बहादुर विकलाई चयन गरिएको छ।

भेलामा बोल्दै माओवादी केन्द्र देवदहका अध्यक्ष गोबिन्द बहादुर ठडराईले पार्टीले चुनाव केन्द्रित अभियान तिब्र रुपमा सुरु गरेको बताए। माओवादी केन्द्रले टोल देखि वडा स्तर सम्म कमिटि विस्तार गरिरहेको अध्यक्ष ठडराईको भनाई थियो।
भेलामा मोतिलाल ढकाल ,गणेश खाती,केशब पुन,धन बहादुर लोहार ,भूमि सरा राना, राजु राना लगायतले बोलेका थिए।
माओवादी केन्द्र देवदह ८ का अध्यक्ष चित्र बिर थापाको अध्यक्षता र गोबिन्द बहादुर खत्रीको संचालनमा बेला सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij