बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा चैत्र ३ गते देखि लालपुर्जा बितरण प्रक्रियाका लागि नाप जांच सुरु हुने

देवदहमा चैत्र ३ गते देखि लालपुर्जा बितरण प्रक्रियाका लागि नाप जांच सुरु हुने

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    देवदहमा चैत्र ३ गते देखि लालपुर्जा बितरण प्रक्रियाका लागि नाप जांच सुरु हुने
    images
    images
    images

    देवदह। देवदह नगरपालिका वडा नम्बर -६ को ज्योतिनगरमा सुकुम्बासी समस्या समाधानको लागि नियन्त्रण बिन्दु( control point) राखी शुभारम्भ गरिएको छ। राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष हरि बहादुर आचार्य देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री, उप प्रमुख बिद्या लक्ष्मी गुरुङ ,देवदह नगरपालिका वडा न-६ का वडा अध्यक्ष दामोदर क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्बासे लगायत अन्य जनप्रतिनिधी तथा वडा बासिहरुको उपस्थितमा उक्त कार्यको शुभारम्भ गरिएको हो ।

    No description available.

    images
    images
    images

    उक्त अबसरमा बोल्दै नगर प्रमुख हिरा बहादुर खत्रीले केन्द्र सरकार सगं पनि यो देवदहको सुकुम्बासी समस्या बारेमा बाराम्बार अबगत गराएको बताउनु भयो।  उहाँले स्थानिय निर्बाचन अघिनै लालपुर्जा बितरण गर्ने गरी आँफू अगि बढेको र स्थानीय नगरबासी वडा बासी सबैलाई सत्य तथ्य सूचना दिन र उक्त कार्यमा सहजीकरण गर्न अनुरोध गर्नु भएको थियो।

    सो कार्यक्रममा बोल्दै राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष हरि बहादुर आचार्यले देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री र उप्रमुख बिद्या लक्ष्मी गुरुङ लगायत जनप्रतिनिधि कर्मचारी हरुको बिशेष सकृयतामा देवदहमा एक नम्बरमा राखेर काम अगाडि बढाएको बताउनुभयो। उहाँले आफ्नै कार्यकालमा सुकुम्बासी समस्याको अन्त्य गर्ने समेत बताउनु भयो ।

    No description available.

    वडा अध्यक्ष दामोदर क्षेत्रीले जिल्ला आयोगका अध्यक्ष सगं र देवदह नगरपालिका सगं समन्वय गरी केही काममा ढिला नगरी नितिगत र बिधिवत रुपमै आफ्ना वडा बासिलाई लालपुर्जा उपलब्ध गराउन सकृय रहने बताउनु भयो ।

    देवदहमा चैत्र ३ गते देखि अव्यवस्थित जग्गाको नाप जांच सुरु हुने बताइएको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij