बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

मिष्टर रुपन्देही' शारीरिक सुुगठन प्रतियोगिता हुने

मिष्टर रुपन्देही' शारीरिक सुुगठन प्रतियोगिता हुने

images
  • 262
    SHARES

  • images
    images
    images
    मिष्टर रुपन्देही' शारीरिक सुुगठन प्रतियोगिता हुने
    images
    images
    images

    बुटवल। मिष्टर रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७८ हुने भएको छ । एक्टिभ प्लस जिम एण्ड फिटनेशको आयोजना, शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीको सहकार्यमा चैत ५ गते शनिबार बुटवलको बेल्बासस्थित नमस्ते पार्टी प्यालेसकाे सभाहलमा सो कार्यक्रम हुन लागेको हो ।

    सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता ५ वटा वजन समूहमा हुने जानकारी गराएको छ । खेल संयोजक सरोज सिंहका अनुसार ५५, ६०, ६५, ७०,  र ७०केजि भन्दा बढी तौल समूहमा प्रतियोगिता हुने खेल संयोजक सिंहले बताए । रुपन्देही जिल्लामा ३२ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिम्मबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १० जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने उनले बताए । साथै दर्ता नभएका जिम्म क्लबले पनि प्रतियोगितामा भाग लिन पाउने संयोजक सिंहले बताए ।

    images
    images
    images

    प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार,मेडल र प्रमाण पत्र सहित मिष्टर रुपन्देहीकाे उपाधी  पाउनेको व्यवस्था रहेको छ । यस्तै द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने संयोजक सिंहले बताए । साथै प्रत्येक वजन समूह  द्वितीय र तृत्तिय हुने खेलाडीको लागि क्रमशः ३ हजार, २ हजार  नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने बताए।
    कार्यक्रममा बोल्दै शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष सितुप्रसाद श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएका खेल क्षेत्र र जिम व्यवसायीलाई चलायमान गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । साथैे राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट खेलाडी उत्पादन  गर्नका लागि प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख ५० हजार बराबर खर्च लाग्ने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले चैत्रको अन्तिम हप्ता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७८ गर्न लागेको समेत जानकारी गराइएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, चैत्र १ २०७८१०:१३:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij