बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

जग्गा नापी प्रक्रियामा वडा नं. ८ लाई छुटाइएको भन्दै माओवादी केन्द्र देवदहले बुझायो ज्ञापन पत्र

जग्गा नापी प्रक्रियामा वडा नं. ८ लाई छुटाइएको भन्दै माओवादी केन्द्र देवदहले बुझायो ज्ञापन पत्र

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    जग्गा नापी प्रक्रियामा वडा नं. ८ लाई छुटाइएको भन्दै माओवादी केन्द्र देवदहले बुझायो ज्ञापन पत्र
    images
    images
    images

    देवदह । नेकपा माओवादी केन्द्र देवदहले अव्यवस्थित तथा  सुकुम्बासी जग्गा नापी प्रक्रिया वडा नं. ८ लाई छुटाईएको भन्दै आपत्ति जनाएको छ । मंगलबार देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्बासेलाई ज्ञापन पत्र बुझाउँदै सो पार्टीले ध्यानाकर्षण गराएको हो । 

    अन्य वडामा काम हुँदा वडा नं. ८ लाई नियतबश छुटाइएकोले नगरपालिकाको ध्यानाकर्षण गराईएको सो पार्टीका गोविन्द बहादुर क्षेत्री (पृथ्वी) बताए । ८ नम्बरमा धेरै अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या रहेको र अन्य वडाका नागरिकले लालपुर्जा पाउँदा यस वडा नागरिक उक्त सुविधाबाट बन्चित नहोउन भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाईएको उनको भनाइ छ ।

    images
    images
    images

     

    ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत बेल्वासेले नियतबश त्यस्तो काम नभएको जानकारी दिंदै सबै वडा समेटिनेमा विश्वस्त हुन अनुरोध गरेका थिए  ।

    विज्ञप्तिमा माओवादी केन्द्रका क्षेत्रीय सचिव गोविन्द बहादुर क्षेत्री (पृथ्वी), नगर उपाध्यक्ष केशर बहादुर पुन, नगर सचिव राम प्रसाद गैरे, वडा इन्चार्ज प्रेम केसी लगायतले हस्ताक्षर गरेका छन् । 

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, चैत्र २ २०७८०९:५५:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij