बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

१ सय ६९ जना प्रतियोगीलाई पछि पार्दै बागलुङ की शिवानी बनिन मगर संसार डान्स आइडलको बिजेता

१ सय ६९ जना प्रतियोगीलाई पछि पार्दै बागलुङ की शिवानी बनिन मगर संसार डान्स आइडलको बिजेता

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    १ सय ६९ जना प्रतियोगीलाई पछि पार्दै बागलुङ की शिवानी बनिन मगर संसार डान्स आइडलको बिजेता
    images
    images
    images

    गुराँस मिडिया। "भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔं"भन्ने उद्देश्यले स्थापित समाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीद्वारा ४० औं मगर एकता दिवसको अवसरमा आयोजित ३७ औ अनलाइन प्रतियोगिता मगर संसार डान्स आइडल २०७८ को उपाधि बागलुङ घर हाल काठमाडौं तोखा बस्नुहुने १३ बर्षीय शिवानी थापामगरले हात पारेकी छिन।

    माघ २२ गते देखी संचालन भएको अनलाइन डान्स आइडल २०७८ मा विश्व भरिका १ सय ६९ जना मगर प्रतियोगीलाई पछी पार्दै शिवानी प्रथम बीजेता बनेकी हुन।शिवानीले फाइनलमा ८८ हजार मत पोस्ट रिचको आधारमा प्राप्त गरेकी थिइन।
    आइडल बीजेता शिवानीले ट्रफि,सम्मान पत्र र नगद रु. २५ हजार रुपैंया नगद प्राप्त गर्नेछिन्। 

    images
    images
    images

    त्यसै गरी बाँके जिल्ला कोहोलपुर -११ की पूनम राना मगर उपविजेता बनेकी छीन।पुनमले ४७ हजार मत ल्याईकी थिइन।उपविजेता (दोस्रो) बनेकी पूनम ले रु.१५ हजार र सम्मान पत्र प्राप्त गर्नेछिन।

    त्यसै गरी बिरेन्द्रनगर - ८,सुर्खेतका यामू थापा मगरले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्। यामुले ३८ हजार मत प्राप्त गरेक थिए। 
    तेस्रो आईडल बीजेता यामुले नगद रु.८,००० र सम्मान पत्र पाउने छन।

    त्यसै गरी गुल्मी जिल्ला कालीगण्डकी -६ हाल रुपन्देही फर्साटिकट बस्ने बिमला सर्बुजा मगरले सान्त्वना स्थान हासिल  गरेकिउ छिन। 
    बिमलाले ३६ हजार मत प्राप्त गरेकी थियिन। सान्त्वना आइडल बिजेता बिमलाले रु.५,००० र सम्मान पत्र पुरस्कार पाउने छन।


    उत्कृष्ट  ५ बनेकी स्याङजा जिल्ला कालिगण्डकी -३ आमलदेबीकी पदमा राना मगर ३५ हजार मत का साथ रु.२००० र सम्मान पत्र प्राप्त गर्नेछिन। उनले  ३५ हजार मत प्राप्त गरेकी थियिन। 

    👉Top 6 बीजेता बनेकी बागलुङ घर हाल पोखरा बस्नुहुने बन्दना घर्ती मगरले रु.२,००० र सम्मान पत्र  प्राप्त गर्ने छिन। उनले ३३ हजार मत प्राप्त गरेकी थियिन। 

    👉Top 7 बिजेता बनेकी नवलपुर जिल्ला मध्यबिन्दु -९ बसन्तपुर की बिनु थापामगरले रु.२००० र सम्मान पत्र प्राप्त गरेकि छिन । उनले २९ हजार मत प्राप्त गरेकी थियिन। 

    👉 Top 8 बीजेता म्याग्दी हाल भारत कार्यरत माइकल फगामी मगरले रु.२ हजार र सम्मान पत्र प्राप्त गरेका छन्। 
    उनले  २८ हजार मत प्राप्त गरेका थिए। 

    👉 Top 9 बीजेता बनेकी रूपनदेही जिल्ला देवदह ७ सितलनगर की अनिता अदै मगरले रु दुइ हजार र सम्मान पत्र प्राप्त गरेकी छिन।
     उहाको मत २७ हजार मत प्राप्त गरेकी थियिन। 

    👉 Top 10 बिजेता भने रोल्पा घर हाल ktm बस्नुहुने करिश्मा पुनमगर बनेकी छीन। उनले रु.२ हजार र सम्मान प्राप्त गरेकि छीन। उनले  २३ हजार मत प्राप्त गरेकी थियिन। 

    निकै प्रतिस्पर्धामा चलेको ४ दिने प्रतियोगिता  पोस्ट रिच भोटिंग समयमा प्रतियोगिले पोस्ट गरेको भिडियोमा आयको पोस्ट पहुंचको आधारमा आइडल घोषणा गरियको अध्यक्ष संयोजक अनिल लामिछाने जानकारी दिनु भएको छ। 

    माघ २२ गते देखी सुरु भएको प्रतियोगितामा बिश्व भरि बाट १ सय ७० जना मगर प्रतियोगीहरूको सहभागि रहेको अनलाइन डान्स आइडलमा जजको आधारमा पहिलो चरणमा १ सय ३९ जना,दोस्रोमा ६० जना,तेस्रो चरणमा ३० र चौथो  चरणमा १० जना गरी फाइनलमा उत्कृष्ट दश प्रतियोगी लाई प्रतिस्पर्धा गराइएको थियो।

    अनलाइन मगर संसार डान्स आइडलमा निर्णायकको भूमिकामा तीन जज हरु ब्यवस्था गरेको थियो। जस मा चर्चित डान्सर/मोडल आरुषि मगर, नृत्य निर्देशक सुमन थापा मगर र एडमिन शांति राना मगर रहनुभएको थियो। 

    डान्स आइडल सफल पार्न १४ जना सहयोगी दाताहरुले पुरस्कार सौजन्य गरी सहयोग गरेको अध्यक्ष लामिछाने मगरले जानकारी दिनुभयो। 

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, चैत्र ६ २०७८०८:१३:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij