बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

फोनिजको सातौँ महाधिवेशन सम्पन्न, केन्द्रीय अध्यक्षमा गजुरधन राई

फोनिजको सातौँ महाधिवेशन सम्पन्न, केन्द्रीय अध्यक्षमा गजुरधन राई

images
  • 211
    SHARES

  • images
    images
    images
    फोनिजको सातौँ महाधिवेशन सम्पन्न, केन्द्रीय अध्यक्षमा गजुरधन राई
    images
    images
    images

    चितवन। आदिवासी जनजाति पत्रकारहरूको छाता सङ्गठन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सातौँ सङ्घीय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन् ।

    चितवनको सौराहामा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, उपाध्यक्ष (खुला) मा अमरध्वज लामा, उपाध्यक्ष (संस्थागत)मा जगत दोङ, उपाध्यक्ष (महिला) मा सरु राना र उपाध्यक्ष (अल्पसङ्ख्यक) मा कमन देवान निर्वाचित भएका छन् ।

    images
    images
    images

    यसै गरी महासचिवमा मिलन लिम्बू, सचिव (खुला) मा बुद्धवीर बाहिङ राई‚ सचिव (खुला)मा समीर बलामी‚ सचिव (खुला) मा विश्वराज तामाङ‚ सचिव (महिला) मा अञ्जना शिल्पकार‚ सचिव (संस्थागत) मा छेटु शेर्पा र सचिव (अल्पसङ्ख्यक) यमन दनुवार निर्वाचित भएका छन् ।

    यस्तै कोषाध्यक्षमा चित्रबहादुर गुरुङ (लाला) र सह कोषाध्यक्ष सञ्चु ब्लोन तामाङ निर्वाचित भएका छन् । संस्थागत सदस्यहरूमा लिम्बुबाट देवेन्द्र खापुङ, शेर्पाबाट निम्लेकी शेर्पा, नेवाःदबुबाट सुनिल महर्जन, थारुबाट सन्तकुमार चौधरी, गुरुङबाट चित्रबहादुर गुरुङ, तामाङबाट नेत्र तामाङ र राईबाट प्रकाश राई निर्वाचित भएका छन् ।

    यसै गरी केन्द्रीय सदस्यतर्फ प्रदेश १ इन्चार्जमा भक्तशेर लिम्बू, मधेस प्रदेश इन्चार्जमा नीरज पिठाकोटे, बागमती प्रदेश इन्चार्जमा पेमा लामा, लुम्बिनी प्रदेश इन्चार्जमा यमबहादुर गाहा, कर्णाली प्रदेश इन्चार्जमा बुद्धिमान पुन मगर, सुदूर पश्चिम इन्चार्जमा भीमबहादुर चौधरी निर्वाचित भएका छन् ।  

    खुला सदस्यहरूमा बुद्ध योन्जन, हर्कबहादुर घर्ती, लोकेश लिबाङ, गजेन्द्र राई, कमलसिं थारु मतदानबाट निर्वाचित भएका छन् । महिलामा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता लिम्बू, मञ्जु श्रेष्ठ, बिना राई, रोषणी कुँवर सर्वसम्मत चयन भएका छन् ।

    अल्पसंख्याक केन्द्रीय सदस्यमा विदुर खवास र उद्धव चेपाङ चयन भएका छन् । लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बू प्रयास, र सदस्यहरूमा उर्मिला गम्बा थारु र भकेन्द्र लावती विजयी भएका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij