बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रगति सामुदायिक वनमा जुटेन सहमति,नेतृत्व चयनका लागि निर्वाचन हुँदै

प्रगति सामुदायिक वनमा जुटेन सहमति,नेतृत्व चयनका लागि निर्वाचन हुँदै

images
  • 444
    SHARES

  • images
    images
    images
    प्रगति सामुदायिक वनमा जुटेन सहमति,नेतृत्व चयनका लागि निर्वाचन हुँदै
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा रहेको प्रगति सामुदायिक वन तथा उपभोक्ता समितिको कार्यसमिति पदाधिकारी चयनमा सहमति हुन नसके पछि निर्वाचन हुने भएको छ। 

    गत  चैत्र १ गते भएको निर्वचन बाट निर्वाचित सदस्यहरु मध्ये बाट पदाधिकारी टुंगो लगाउने बिषयमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको हो। 

    images
    images
    images

    पांच वोटा टोल मध्ये फुलबारी टोल बाट जमुना देवी पाण्डे,टेक बहादुर रावल र दिपक पाण्डे,स्कुल टोल बाट सिमा लामिछाने,दुर्गा बहादुर राना र इश्वरी घिमिरे,कोतिया देवी टोल बाट कृष्ण प्रसाद भुषाल तोपली गैरे र देवी लम्साल,प्रेम टोल बाट ऋषिराम खनाल,मनोज थापा र वेदना ढकाल,नागथान टोल बाट डोलराज न्यौपाने वर्षा तिवारी र देवी पाण्डे गरि १५ जना सदस्य निर्वाचित भएका थिए। 

    पदाधिकारी चयनका लागि सहमति गर्न निर्वाचन मण्डलले एक हप्ता समय दिएको र उक्त अवधि भित्र सहमति हुन् नसके पछि निर्वाचन हुन् लागेको निर्वाचन मण्डलका संयोजक चन्द्र बहादुर रानाभाटले जानकारी दिनुभयो। 

    चैत्र १० गते हुने निर्वाचनका लागि दुई समूह बनाइएको र पहिलो समूहबाट अध्यक्षमा इश्वरी घिमिरे,बरिष्ठ उपाध्यक्षमा तोपली बश्याल,उपध्यक्षमा  दिपक पाण्डे,सचिवमा बेदना ढकाल कोषाध्यक्षमा कृष्ण प्रसाद भुषाल र इतर समूह बाट अध्यक्षमा दुर्गा बहादुर राना ,बरिष्ठ उपाध्यक्षमा डोलराज न्यौपाने 'राजु' ,उपाध्यक्षमा सिमा लामिछाने,सचिबमा बर्षा तिवारी,कोषाध्यक्षमा ऋषिराम खनाल र सहसचिबमा किरण थापाले   उम्मेदवारी दिएको संयोजक चन्द्र बहादुर रानाभाटले बताए। 

    ४ सय ७९ जना उपभोक्ता रहेको सामुदायिक वनको निवाचन भोलि १० गते बिहान ८ बजे देखि सुरु हुने संस्थाका निवर्तमान अध्यक्ष चमाकान्त गौडेलले बताए।  

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij