बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रगति सामुदायिक वनको अध्यक्षमा गठबन्धनका दुर्गा बहादुर राना निर्वाचित

प्रगति सामुदायिक वनको अध्यक्षमा गठबन्धनका दुर्गा बहादुर राना निर्वाचित

images
  • 779
    SHARES

  • images
    images
    images
    प्रगति सामुदायिक वनको अध्यक्षमा गठबन्धनका दुर्गा बहादुर राना निर्वाचित
    images
    images
    images

    प्रगति सामुदायिक वनको अध्यक्षमा गठबन्धनका दुर्गा राना निर्वाचित देवदह । प्रगती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा दुर्गा बहादुर राना निर्वाचित भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार ईश्वरी घिमिरेलाई पराजित गर्दै गठबन्धनका तर्फका उम्मेदवार राना विजयी भएका हुन् ।

    No description available.

    images
    images
    images

    खसेको कुल ४ सय ३९ मतमध्य संयुक्त गठबन्धनका रानाले २ सय २६ मत पाएर बिजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार घिमिरेले २ सय १ मत प्राप्त गरे । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डोलराज न्यौपाने राजुु, उपाध्यक्षमा दिपक पाण्डे, सचिव, कोषाध्यक्ष र सह-सचिवमा क्रमश बर्षा तिवारी, ऋषिराम खनाल र मनोज थापा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । गत चैत्र १ गते भएको टोलगत निर्वचनबाट निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी टुंगो लगाउने बिषयमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो ।

    निर्वाचनमा उपाध्यक्ष पदमा विजयी दिपक पाण्डे एक मात्र एमाले निकट उम्मेदवार हुन भने बाँकी सबै पदमा संयुक्त गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । निर्वाचनमा जम्मा ५ मत बदर भएको निर्वाचन संयोजक चन्द्र बहादुर भाट बताएका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij