देवदह। विदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम देवदह भेला शुक्रबार सम्पन्न भएको छ ।
भेलाले बिष्णु पराजुलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरेको छ।जसको उपाध्यक्षमा सुमन पुन,सचिवमा प्रकाश पराजुली,कोषाध्यक्षमा अजय चापागाईं र उपसचिवमा मैना आचार्य निर्विरोध चयन भएको निर्वाचन मण्डलका अध्यक्ष कृष्ण राज पौडेलले बताए ।
नगर भेलामा नेकपा एमाले अनुशासन आयोगका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद डा.कृष्ण न्यौपाने,प्रदेश कमिटि सदस्य धुब्र प्रसाद खरेल,जिल्ला कमिटि सदस्य प्रकाश अर्याल, मन कुमार कनौजे,देवदह नगर अध्यक्ष टिकाराम चापागाईं,कृष्ण राज पौडेल,विकाश गहतराज लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
भेलामा केन्द्रिय सदस्य सिता बश्याल ,संदेश ढुंगाना जिल्ला सदस्य चन्द्रकान्त न्यौपाने जिल्ला सचिब जिबन अर्याल लगायतको सहभागिता रहेको थियो।
रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटि सदस्य चन्द्रकान्त न्यौपानेको अध्यक्षता,बिष्णु पराजुलीको स्वागत र जिल्ला सचिव जीवन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij