बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

स्वतन्त्र उम्मेदवार अभियान:'परिवर्तनको आधार,स्वतन्त्र उम्मेदवार'

स्वतन्त्र उम्मेदवार अभियान:'परिवर्तनको आधार,स्वतन्त्र उम्मेदवार'

images
  • 490
    SHARES

  • images
    images
    images
    स्वतन्त्र उम्मेदवार अभियान:'परिवर्तनको आधार,स्वतन्त्र उम्मेदवार'
    images
    images
    images

    देवदह। 'परिवर्तनको आधार, स्वतन्त्र उम्मेदवार' भन्ने मूल नारालाई आत्मसात गर्दै रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नं ११ मा स्थापना भएको स्वतन्त्र उम्मेदवार अभियानले शुक्रबार (आज) देवदहको रेहरामा नयाँ वडा माग संघर्ष समितिका सदस्य तथा टोल विकास समितिका नी वर्तमान अध्यक्ष स्वर्गीय राधेप्रसाद हरिजनको सम्झनामा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    वरिष्ठ सामाजिक व्यक्तित्व ज्ञान प्रसाद न्यौपानेको अध्यक्षता तथा ओमसतिया गाउँपालिकाका ईन्जिनियर तथा युवा सामाजिक व्यक्तित्व तथा स्वतन्त्र पालिका अध्यक्ष उम्मेदवार सन्दिप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आगामी वैशाखमा हुने स्थानिय चुनावमा जनताले कस्ता व्यक्तिलाई भोट दिने भन्ने विषयमा समेत छलफल भएको थियो। 

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै यादवले अब पनि नेताहरुका कार्यकर्ताहरूले दिएको पैसाको भरमा भोट दिने हो भने समाज र देशको विकास सम्भव नभएको बताए। देशकै ठूला पार्टीहरुले पनि अहिले सम्म देशका निम्ति केही गर्न नसकेको र अब पुनः चुनाव आउँदै गर्दा फेरिपनि त्यही क्रम सिर्जना हुने भन्दै अब जनता एकजुट हुनुपर्ने समय आएको समेत यादवले बताए। 'अब पार्टीलाई होइन जनताले जनताकै बीचबाट काम गर्न सक्ने व्यक्तिलाई स्वतन्त्र रूपमा उठाएर जिताउनु पर्ने बेला आएको छ', उनले भने। 

    कार्यक्रममा बोल्दै भूतपूर्व शिक्षक तथा सिद्धार्थ सहकारीका प्रबंधक, सामाजिक व्यक्तित्व पल्टन प्रसाद थारुले 
    देवदह नगरपालिका अन्तर्गत वडा नं ११ वडामै पिछडिएको वडा रहेकाले अब यस वडालाई विकास गर्नका लागि यही क्षेत्रकै नेतृत्व गर्न सक्ने सक्षम व्यक्ति छान्नु पर्ने भएको बताए। आफू पनि अहिले सम्म नेपाली कांग्रेसको झोला बोकेर यहाँ सम्म आउँदा आफ्नै वडा झनै पिछडिएको बताउँदै अब पार्टीलाई नभई एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नुपर्ने बेला आएको बताए। 'अब हामी पुराना अनुहार लाई बदलेर नयाँ अनुहार छान्न पर्ने बेला आएको छ। अब हामी सबै स्वतन्त्र रूपमा एक जुट हुने बेला आएको छ। हामी पार्टीलाई त्यागौं अब स्वतन्त्र भई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरौं' चौधरीले भने। 

    स्वतन्त्र अभियानका अभियन्ता बल बहादुर श्रेष्ठ (असीम) को संचालनमा रहेको सो कार्यक्रममा स्वतन्त्र समाजसेवी ज्ञान प्रसाद न्यौपानेले हामी जनताले फेरिपनि गल्ती गर्यौ भने पुनः पाँच वर्ष यसरी नै बस्नु पर्ने बताए। वडा नं ११ मा न त गतिलो सडक नै छ, यहाँका जन समुदाय स्वास्थ्य तथा शिक्षामा सधैं पछाडि पर्नुको मूल कारण नगरपालिका नै रहेको बताए। पलिकाले वडा नं ११ लाई महत्वमा नराखेको भन्दै अबको नेतृत्व स्वतन्त्र रूपमा हुनुपर्ने बताए। 

    कार्यक्रममा उपस्थित सबैले यस स्वतन्त्र अभियानलाई निकै रुचाएका थिए। अभियन्ता श्रेष्ठ (असीम) ले अन्य वडा भन्दा अलि ठूलो रहेको वडा नं ११ लाई विकासका क्षेत्रमा के कसरी अगाडि लैजाने भन्ने विषयमा यस वडाको नक्सा समेत देखाई प्रष्ट्याउँदै गर्दा उपस्थित सबैले निकै राम्रो कार्य भन्दै ताली बजाएर स्वागत गरेका थिए भने, अब एक पटक स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने समेत बताए। 

    उक्त कार्यक्रममा नेपाली काँग्रेस देवदह ११ का क्रियाशील सदस्य रामकुमार चौधरी, नेपाली कांग्रेस सक्रिय सदस्य भीमबहादुर चौधरी, मोहन कुर्मी, जेष्ठ नागरिक लगाएत विभिन्न सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो, भने स्वर्गीय राधेप्रसाद हरिजनको सम्झनामा उहाँकी पत्नी ध्रुवतारा हरिजनको हातबाट दुर्गा मन्दिर प्राङ्गणमा पिपलका बिरुवा रोपिएको थियो। सितलनगर बन कार्यालय द्वारा उपलब्ध  विभिन्न जातका बोट बिरुवा सहभागी सबैलाई एक एक जोडी बिरुवा वितरण गरिएको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, चैत्र ११ २०७८०८:४७:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij