देवदह। स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले टोल,गाउँ भेला संगै चुनाव लक्षित सम्पर्क कार्यालय स्थापना पनि तिब्र रुपमा गरिरहेको छ।
यसै क्रममा माओवादी केन्द्र देवदह वडा नम्बर ३ ले सेमरहनामा निर्बाचन सम्पर्क कार्यालय स्थापना गरेको छ।
शाखा कमिटिका अध्यक्ष चुडामणी भारतीको अध्यक्षता,प्रितम थापा मगरको स्वागत र ऋषि चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
निर्बाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा लेखनाथ न्यौपाने, निर्मला जिसि, केदार नाथ काफ्ले ,गोबिन्द ठडराई लगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij