बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

लुम्बिनी प्रदेश राजधानीको गुरु योजना निर्माण, नमुना राजधानी बनाउँने मुख्यमन्त्रीको उद्धोष

लुम्बिनी प्रदेश राजधानीको गुरु योजना निर्माण, नमुना राजधानी बनाउँने मुख्यमन्त्रीको उद्धोष

images
  • 425
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेश राजधानीको गुरु योजना निर्माण, नमुना राजधानी बनाउँने मुख्यमन्त्रीको उद्धोष
    images
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको गुरु योजना निर्माण समयमै भएको बताएका छन् ।  मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलमा भएको राजधानीको गुरुयोजना  हस्तान्तरण र जग्गा अधिकरण कार्यविधि ग्रहण  गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी नमूना योग्य बनाउने गरी गुरु योजना बनाएको दावी  गरेका हुन् ।  

    उनले  यसलाई प्रदेशवासीको चित्त बुझिने गरी काम गरिने प्रतिवद्धता  व्यक्त गरे । उनले गुरुयोजना समयमा नै निर्माण गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा अझै छिटो काम गर्न निर्देशन दिएका छन् । दाङको राप्ती गाउँपालिका, गढुवा गाउँपालिका सितगंगा लगायतको भूगोलमा राजधानीको प्रशासनिक केन्द्र, शैक्षिक, स्वास्थ्य, औद्योगिक, खेलकुद, यातायात, व्यापारिक, उत्पादन, धार्मिक तथा बाल उद्यायन लगायतको विकास गर्नका लागि  गुरु योजना निर्माण गएिको छ ।

    images
    images
    images

    प्रदेशको राजधानीमा भवन, पार्किङ, सञ्चार, होटेल समेत पनि गुरुयोजनामा समेटिएको छ ।  गत मंसिर १६ गते भएको लुम्बिनी प्रदेशको मन्त्री परिषद्को बैठकले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा गुरु योजना निमार्ण गर्न समिति बनाएको थियो । पदम बैद्धिक, किशोर थापा, कोष नारायण अधिकारी लगायतको विज्ञको टोलीले जग्गा अधिकरणको कार्यलाई पूर्णता दिइएको छ ।  

    प्रदेश सरकारले संघीय सरकारले दिएको १ अर्ब बजेटबाट १८ विगाहमा तत्कालै भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाई कार्यान्वयनमा लग्नुपर्ने छ । मुख्य न्यायाधिवक्ता​ले जग्गा अधिकरण कार्यविधि र पूर्वाधार निर्माण प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजधानीको गुरु योजना मुख्यमन्त्री केसीलाई बुझाएका थिए । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर कार्यन्वयन गरिने छ ।

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, चैत्र १३ २०७८१०:१३:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij