बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नेताले जनतालाई गोरु बनाएको भन्दै हलो जुवा बोकेर महाकाली मेची पैदल यात्रामा

नेताले जनतालाई गोरु बनाएको भन्दै हलो जुवा बोकेर महाकाली मेची पैदल यात्रामा

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    नेताले जनतालाई गोरु बनाएको भन्दै हलो जुवा बोकेर महाकाली मेची पैदल यात्रामा
    images
    images
    images

    चैत्र १४ । देशमा भइरहेको भ्रष्टाचारको बिरोधमा कैलालीका एक युवा काँधमा हलो जुवाको प्रतिक बोकेर पश्चिम महाकाली देखि पुर्व मेची पैदल यात्रामा निस्किनु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुरीया निवासी देवराज पाध्यायले चैत्र १ गते महाकालीको गड्डाचौकीबाट पैदल यात्रा सुरु गरेको बताउनुभएको छ । 

    चैत्र १४ गते सोमबार बिहान रुपन्देहीको देवदह आइपुग्नुभएका पाध्यायले नेताहरुले जनतालाई गोरु बनाएको महसुस गरेकाले काँधमा हलो र जुवा बोकेर पैदल यात्रामा निस्किएको जानकारी दिनुभयो । उहाँले आउने चुनावमा हाम्रोलाई भन्दा राम्रोलाई जिताएर देशको दीर्घकालिन बिकास गर्नुपर्ने आग्रह गर्नुपनि आफ्नो पैदल यात्राको उद्देश्य रहेको बताउनुभयो । पैदल यात्री पाध्यायले संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने आफ्नो माग रहेको जिकिर गर्नुभयो । 

    images
    images
    images

    जमानादेखि नेपालमा बिदेशी सहयोग आएको भएपनि नेताहरुले भ्रष्टाचार गरेका कारणले देश बिकास हुन नसकेकाले एमसीसीमा समेत भ्रष्टाचार हुने भन्दै सम्झौता खारेज हुनुपर्ने आफ्नो माग रहेको बताउनुभयो । यात्राको क्रममा बिभिन्न ठाउँमा स्थानिय, प्रहरी तथा व्यवसायीहरुले सामान्य सहयोग गरेको बताउँदै दैनिक ३५ किलोमिटर यात्रा गरिरहेको जानकारी गराउनुभयो ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, चैत्र १४ २०७८०७:५०:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij