बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

समृद्द वडा निर्माणका लागि वडा अध्यक्षमा दाबेदारी दिएको हु :बन्धु कुमाल

समृद्द वडा निर्माणका लागि वडा अध्यक्षमा दाबेदारी दिएको हु :बन्धु कुमाल

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    समृद्द वडा निर्माणका लागि वडा अध्यक्षमा दाबेदारी दिएको हु :बन्धु कुमाल
    images
    images
    images

    देवदह। स्थानीय तहको निर्वाचन नजिकिदै छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुख ,उप प्रमुख देखि वडा अध्यक्षका आकांक्षीहरु सार्वजनिक हुन् थालेका छन्। 

    १२ वटा वडा र झन्डै ४८ हजार ४ सय ६० मतदाता रहेको देवदह नगरपालिकामा उम्मेदवार को हुने भन्ने चर्चा चोक,चिया पसलहरुमा चलिरहेको छ। यसै बीच देवदह नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि नेकपा एमाले बाट 
    बन्धु कुमालले उम्मेदवारी दिने घोषणा गरेका छन्। 

    images
    images
    images

    आसन्न स्थानीय तह निर्वाचनमा देवदह ७ को वडा अध्यक्ष पदको प्रमुख दाबेदार आफु भएको दावी गर्दै कुमालले निर्वाचनमा विजयी भएको खण्डमा वडालाई समृद्द बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताउछन। 

    पछिल्लो समय वडा तह देखिनै भ्रस्टचार मौलाएको बताउंदै आफु वडा अध्यक्षमा विजयी भएको खण्डमा भ्रस्टाचारको अन्त्य गर्दै वडा वासीलाई शिक्षा ,स्वास्थ्य ,रोजगारको उचित व्यावस्थापन गर्दै पर्यटन प्रबर्दन मुख्य प्राथमिकता रहने उद्घोष गरे। 

    २०४६ सालमा कम्युनिष्ट पार्टीको पार्टी सदस्य लिएर विद्यार्थी राजनीति बाट राजनीतिक यात्रा गरेका कुमाल २०५४ मा वार्ड सदस्य बनेका थिए। कुमाल मुक्ति मोर्चाको जिल्ला सदस्य हुँदै हाल केन्द्रिय सदस्य रहेको र हाल जनजाति महासंघको जिल्ला सदस्य समेत हुन्। तत्कालिन प्ररायु संघको नगर अध्यक्ष बनेर नेतृत्व गरिसकेका कुमाल हाल नगरपालिकाको बोर्ड सदस्य समेत हुन्। 

    सरल र शालिन स्वभावका कुमाल सहयोगी स्वभावका छन्। नेकपा एमालेको क्षेत्रिय कार्यालयका लागि १ करोड बराबरको जग्गा समेत कुमालले पार्टीलाई प्रदान गरेका छन्। 

    बिगतमा गरेको त्याग ,पार्टी प्रतिको बफादारी र इमान्दारिता ,सामाजिक कामको मुल्यांकन गर्दै पार्टीले वडा अध्यक्षको टिकट दिनेमा आफु विश्वस्त रहेको कुमालले बताए। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij