बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहको खैरेनी देखि धकधई हुँदै भगवानपुर सडकखण्ड निर्माणबारे छलफल

देवदहको खैरेनी देखि धकधई हुँदै भगवानपुर सडकखण्ड निर्माणबारे छलफल

देवदह बिशेष

images
  • 591
    SHARES

  • images
    images
    images
    देवदहको खैरेनी देखि धकधई हुँदै भगवानपुर सडकखण्ड निर्माणबारे छलफल
    images
    images
    images

    देवदह । भगवानपुर-धकधई-खैरेनी सडकखण्ड निर्माणबारे देवदहमा छलफल भएको छ । देवदह नगरपालिका, लुम्विनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय र एशियाली विकास बैंकका प्रतिनिधिहरूको विचमा मंगलबार देवदह नगरपालिकामा छलफलमा भएको हो ।

    खैरेनीदेखि धकधई हुँदै भगवानपुरसम्मको करिव २३ किलोमिटर सडक एशियाली विकास बैंकको सहयोगमा निर्माण हुने जनाइएको छ । दुई लेनको उक्त सडकको पहिलो चरण अन्तर्गत बाटोको सर्वे, डिजाईन, फिल्डको अध्ययन भईरहेको लुम्विनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । जग्गाको उपलव्धता भएमा खैरेनी धकधई सडक सयममै निर्माण हुने बताउँदै सचिव श्रेष्ठले प्रारम्भिक सर्वेले करिब ४० वटा भौतिक पुर्वाधार भत्काउने पर्ने देखिएकोले त्यसबारे कसरी जाने भन्नेमा छलफल गरेर टुङ्याउनुपर्ने बताएका थिए ।

    images
    images
    images

    त्यसैगरी एशियाली विकास बैकका प्रतिनिधि लक्ष्मीप्रसाद सुवेदीले बैंकको अनुदानको मापदण्ड तथा परियोजाको वारेमा जानकारी गराउँदै सडज गरिबी निवारणमा सहयोगी हुनुपर्ने विचार राखेका थिए  । 

    देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको उक्त छलफलमा उपपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासे, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, वडाअध्यक्ष पदम थापा, दीपक चापागाई, रमेश भूषाल, धर्मागत पाण्डे, नेकपा एमालेका नेता कृष्णराज पौडेल, नेपाली कांग्रेसका गुनाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका गोविन्द ठड्राई, लगायतको सहभागिता रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij