बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

स्थानीय तहको निर्वाचनमा झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

स्थानीय तहको निर्वाचनमा झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

images
  • 163
    SHARES

  • images
    images
    images
    स्थानीय तहको निर्वाचनमा झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने
    images
    images
    images

    काठमाडौं । स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । भारतसँग सिमाना जोडिएका तराईका ८ र विभिन्न भूमिगत समूह र निर्वाचन वहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

    गृह मन्त्रालयले तयार गरेको सुरक्षा रणनीतिमा ज्वाला समूह, निर्वाचन वहिष्कार गरेको वैद्य निकट नेकपा माओवादी, सिके राउतको जनमत पार्टीलगायतका केही साना दल चुनौतीको रूपमा रहेको उल्लेख गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले तीनै सुरक्षा निकायलाई संवेदनशील क्षेत्र र मतदान केन्द्रमा विशेष निगरानी अपनाउन निर्देशन दिएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले  आवश्यकताको आधारमा सिजर्भ फोर्स तयार गरेर भए पनि सुरक्षा व्यवस्था बजबुत बनाउने योजना रहेको जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँले भन्नुभयो–‘विशेष गरी जित्नैपर्ने प्रतिष्ठासँग जोडिएका र बढी प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएका छौं ।’ प्रवक्ता एसएसपी केसीका अनुसार निर्वाचनमा ७७ वटै जिल्लामा थप सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्थासहित रिजर्भ फोर्स रहनेछन् भने प्रहरी प्रधान कार्यालयमा भने २ सय जनाको रिजर्भ फोर्स रहनेछ ।

    गृह मन्त्रालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना जारी गरेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै योजना तयार गरेको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा ३ जना प्रहरी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी रहनेछन् । सशस्त्र प्रहरीले मोबाइल गस्ती जारी राख्नेछ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजधानीलगायत मुख्य शहरी र अन्य क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती शुरू गरिसकेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, चैत्र १७ २०७८०७:२८:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij