बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह वडा नं. ३ र ८ मा सिमाङ्गन र नक्सांकनको काम सकियो

देवदह वडा नं. ३ र ८ मा सिमाङ्गन र नक्सांकनको काम सकियो

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    देवदह वडा नं. ३ र ८ मा सिमाङ्गन र नक्सांकनको काम सकियो
    images
    images
    images

    देवदह । राष्ट्रिय भूमि आयोगले देवदह नगरपालिका वडा नं. ३ र ८ को सिमाङ्गन र नक्सांकनको काम सकाएको छ । बिहिबार र शुक्रबार गरि दुई दिनसम्म ३/३ जना कर्मचारीले काम गरेपछि पहिलो चरणको काम सकिएको स्थानीय राजनीतिकर्मी गोविन्द बहादुर क्षेत्री 'पृथ्वी' ले बताए ।

    राष्ट्रिय भूमि आयोगबाट खटिएका अमिन सागर भुसाल, राजेश बुढाथोकी, बुद्धि बुढामगर, राजन गौतम, निर्माण खत्री र प्रविनराज वलीले दुई दिन लगाएर पहिलो चरणको काम सकाएका हुन् । स्थानीय राजनीतिकर्मीको सहयोगले काममा सहजता भएको र समयमै काम सम्पन्न भएको अमिन सागर भुसालले बताए ।

    images
    images
    images

    कर्मचारी अभावको कारण देखाउँदै सुरुवातमा आफ्नो वडामा पुर्जा वितरणका लागि गरिने पहिलो चरणको काम नगरिएकोमा आपत्ति जनाएर वडा नं. ८ मा क्रियाशिल स्थानीय राजनीतिक दलहरूले नगरपालिकामा ज्ञापन पत्र बुझाउने लगायतका दबाबका कार्यक्रम गरेपछि भूमि आयोगले कर्मचारी संख्या बढाएर नापजाँचको काम सुरू गरेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, चैत्र १८ २०७८०७:४६:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij