गुराँस मिडिया। पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लखन थापा प्रथम सहिद नभएको सार्वजनिक रुपमा अभिव्यक्ति दिए पछि नेपाल मगर संघले आपत्ति जनाएको छ।
आम नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालिन जहानिय राणा शासनको विरुद्धमा नेपालमा पहिलो पटक संगठित विद्रोह गर्ने क्रममा बि.स. १९३३ फागुन २ गते तत्कालिन शासकहरुबाट हत्या गरिएको नेपालको प्रथम सहिद लखन थापामगरको बारेमा विना तथ्य प्रमाण केही नेताहरु र विद्धानहरुले भ्रामात्मक कुरा गरेको प्रति नेपाल मगर संघ केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल मगर संघले जारि गरेको प्रेस बिज्ञप्ति
आम नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालिन जहानिय राणा शासनको विरुद्धमा नेपालमा पहिलो पटक संगठित विद्रोह गर्ने क्रममा बि.स. १९३३ फागुन २ गते तत्कालिन शासकहरुबाट हत्या गरिएको नेपालको प्रथम सहिद लखन थापामगरको बारेमा विना तथ्य प्रमाण केही नेताहरु र विद्धानहरुले भ्रामात्मक कुरा गरेको प्रति नेपाल मगर संघ केन्द्रीय समितिको गम्भिर ध्यानाक्रर्षण भएको छ ।
नेपाल मगर संघ लगायतका संघ सस्थाहरुको निरन्तर निरन्तर दवाव, आन्दोलन, संघर्षले गर्दा तत्कालिन संस्कृति मन्त्री कृपाशुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको मन्त्रीपरिषद्ले बि.स. २०७२ असोज ३ गतेका दिन गरेको निर्णयको विरुद्धमा बोल्ने वा बहस गर्ने अख्तियारी कसैलाई नहुदानहुदै पनि राजनैतिक भाषणको लहदमा यसरी बारम्बार भ्रामक कुरा आउनु सबै सहिद माथीको गम्भिर अपमान हो । लखन थापामगर लगायतका सहिदहरुको बलिदानीपूर्ण योगदानका कारण नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा परिणत भएकै कारण अहिले अभिव्यक्ति स्वतन्त्रता छ तर स्वतन्त्रताको नाममा गलत र झुट कुरा गर्ने छुट जोकसैलाई छैन ।
सामान्यज्ञान र आमजनतामा प्रथम सहिद लखन थापामगर भनेर स्थापित भईसकेको अवस्थामा यस्ता गलत र तथ्यहिन कुरा नगर्न नगराउन हुन सम्बन्धित सबैलाई चेतवानी सहितको खबरदारी गर्दछौ । लखन थापामगरका साथै मगर समुदाय माथी आँच आउने खालका गलत र भ्रामक कुरा गरेर यस्तै अपमान गर्ने हो भने त्यसको प्रतिवाद नेपाल मगर संघ तथा आम न्यायप्रेमी जनसमुदायले गर्नेछन् त्यसैले गलत र तथ्यहिन कुरा नगरि सच्चिन र सच्याउन यसै प्रेस विज्ञप्ति मार्फत आग्रह गरिन्छ यन्यथा यसको परिणाम गम्भिर हुनेछ ।
ज्ञानेन्द्र पुनमगर
महासचिव,नेपाल मगर संघ
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij