बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

ओली अभिव्यक्तिको विरुद्धमा देशभर आन्दोलन गर्नुपर्छ:दलबहादुर बिरकट्टा

ओली अभिव्यक्तिको विरुद्धमा देशभर आन्दोलन गर्नुपर्छ:दलबहादुर बिरकट्टा

images
  • 2.2K
    SHARES

  • images
    images
    images
    ओली अभिव्यक्तिको विरुद्धमा देशभर आन्दोलन गर्नुपर्छ:दलबहादुर बिरकट्टा
    images
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली साम्प्रदायिक भएको जनजाति अगुवाले आरोप लगाएका छन् । शुक्रबार एमाले निकट विद्यार्थीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लखन थापा नेपालको पहिलो सहिद नभएको अभिव्यक्ति दिएको विरोधमा आयोजित विरोध कार्यक्रममा बोल्दै जनजाति अगुवाहरूले ओली साम्प्रदायिक भएको आरोप लगाएका हुन ।

    No description available.

    images
    images
    images

    आइतबार देवदहमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जनजाति अगुवा दलबहादुर बिरकट्टाले पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हचुवाको भरमा सहिदको अपमान हुनेगरि साम्प्रदायीक अभिव्यक्ति दिएको बताए । ओली अभिव्यक्तिको विरुद्धमा देशभर आन्दोलन गरेर उनलाई आफ्नो भनाइ फिर्ता गराउन दबाब दिनुपर्नेमा जोड दिएका थिए ।

    No description available.

    ओलीप्रति आक्रोशित हुँदै बिरकट्टाले भने "केपी ओलीले कहिले मधेसी समुदायलाई बिहारी भन्छन् त कहिले जनजातिहरू बाँदर हुन् भन्छन् । यो साम्प्रदायिक सोंचको अभिव्यक्ति हो ।"

    No description available.

    त्यसैगरी, कार्यक्रममा बोल्दै जनजाति अगुवाहरू विजय गुरुङ, मीना श्रेष्ठ, प्रेम थापा लगायतले जिम्मेवार नेताले गैरजिम्मेवार, असंवैधानिक र साम्प्रदायिक अभिव्यक्ति दिएको भन्दै भनाई फिर्ता नलिए देशैभरी आन्दोलन गर्ने बताएका थिए ।

    नेपाल युवा मगर संघ देवदह नगरसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा बिरोधसभापछि खैरेनी चोकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको थियो । पुत्ला दहन गर्दै जनजाति युवाहरू ओली विरुद्ध नारावाजी गरेका थिए ।

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, चैत्र २० २०७८०८:५७:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij