देवदह बिशेष
देवदह। चैत्र ८ गते देखि देवदहमा सुरु भएको दोस्रो मूर्तिकला कार्यशाला अन्तिम चरणमा पुगेको छ। चैत्र ८ गते देखि सुरु भएको पतथरमूर्ति बनाउने कार्यशाला अर्थात् प्रस्तरकला कार्यशाला चैत्र २२ गते सकिदैछ।
देशभरका २५ जना मुर्तिकारहरुले ढुङ्गामा शान्ति, बुद्द संग सम्बन्धि मुर्तिहरु निर्माण गरेका छन्। मूर्ति निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ्ने निश्चित छ।

ड्रिम देवदह संयोजक सिद्धिचरण भट्टराईले स्मृति सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक विकासमा टेवा पुग्ने गरि पर्यटकिय क्षेत्र निर्माणको काम भैरहेको बताए । स्मृति पार्क नाम दिएर यसको सौन्दर्यिकरण गर्ने अभियानमा लागेको उनले बताए ।

एउटा भ्यु टावर बनाउने रकम ड्रिम देवदहलाई दिए ३ बर्षमा सिंगो देवदह लाई सुन्दर पार्कहरूकाे हेर्न लायक नगर बनाउन सक्छाै भन्ने विश्वास रहेको संयोजक भट्टराईले बताए।

पार्कमा हालसम्म करिब १ करोड रुपैयाँ बढी खर्च भैसकेको छ। पछिल्लो पाँच वर्षमा तारबारमा ३० लाख, तटबन्ध तथा सेडमा ५० लाख र हर्बल गार्डेनमा गरी करिब २० लाख खर्च भैसकेको छ। करीब ५ विगाहा क्षेत्रफलमा फैलिएको पार्कमा पूर्वाधार निर्माण अन्तर्गत सडक निर्माण, पिकनिक सेड, तारबार तथा सरसफाईका काम भएका छन् ।

यस अघि देवदहमा गौतम बुद्द राष्ट्रिय उद्यानमा पहिलो मूर्तिकला कार्यशाला भएको थियो। हाल उक्त उद्यानमा दैनिक रुपमा सयौ आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने गरेका छन्।








Copyright © All right reserved to Lumbini Pana Site By: Sobij