बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रथम सहिद लखन थापा बिरुद्द ओलीले दिएको अभिव्यक्ति प्रति मगर संघको आपत्ति

प्रथम सहिद लखन थापा बिरुद्द ओलीले दिएको अभिव्यक्ति प्रति मगर संघको आपत्ति

images
  • 519
    SHARES

  • images
    images
    images
    प्रथम सहिद लखन थापा बिरुद्द ओलीले दिएको अभिव्यक्ति प्रति मगर संघको आपत्ति
    images
    images
    images

    बुटवल। नेपाल मगर संघ रुपन्देहीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।ओलीले गत चैत १८ गत एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति संघले आपत्ति जनाएको हो ।

    संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदायमाथि अपमान भएको जनाएको छ । ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए ।

    images
    images
    images

    पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती दिए ।

    ओलीको अभिव्यक्ति सुनियोजित र षड्यन्त्रपूर्ण रहेको भन्दै उनले ओलीले कम्युनिस्टको नाममा जातिवादी राजनीति गरेको र विभिन्न जाति र समुदायलाई हेप्ने र लान्छना लगाउने गरेको बताए । पूर्वप्रधानमन्त्रीले भ्रामक कुरा गरेर सबै शहीदहरूप्रति गम्भीर अपमान गरेको पनि उपाध्यक्ष विरकट्टा मगरले आरोप लगाए ।

    २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो ।
    पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती, सचिव थर्कबहादुर बाह्रघरे राधिका श्रीस लगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, चैत्र २२ २०७८०८:०९:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij