बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

आज मिति २०७८ चैत २५ गते शुक्रबारको राशिफल हेर्नुहोस

आज मिति २०७८ चैत २५ गते शुक्रबारको राशिफल हेर्नुहोस

images
  • 553
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ चैत २५ गते शुक्रबारको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ ।


    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ ।

    images
    images
    images


    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।


    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।


    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।


    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    आज प्रविधि मार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।


    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।


    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    आज बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु पर्नेछ ।


    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ ।


    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्नेछ ।


    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।


    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, चैत्र २५ २०७८०७:२७:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij