बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

क्षणिक उत्तेजनामा आएर एमालेमा प्रवेश गरेको थिए,माओवादीमै फर्किसकेको छु:हर्क बहादुर विक

क्षणिक उत्तेजनामा आएर एमालेमा प्रवेश गरेको थिए,माओवादीमै फर्किसकेको छु:हर्क बहादुर विक

images
  • 910
    SHARES

  • images
    images
    images
    क्षणिक उत्तेजनामा आएर एमालेमा प्रवेश गरेको थिए,माओवादीमै फर्किसकेको छु:हर्क बहादुर विक
    images
    images
    images

    देवदह। नेकपा माओवादी जेष्ठ कम्युनिष्ट मंच रुपन्देहीका जिल्ला सदस्य हर्क बहादुर विश्वकर्माले आफु माओवादी केन्द्रमै फर्किएको विज्ञप्ति जारि गरेका छन्। 

    नेकपा एमालेको कार्यालय उद्‌घाटनमा आवेशमा आएर केही लहड र क्षणिक उत्तेजनमा एमाले प्रवेश गरेको प्रति विश्वकर्माले आत्माग्लानि र हिनता वोध भएको संकल्प पत्रमा उल्लेख गरेका छन्। 

    images
    images
    images

    संकल्प पत्र 
    नेपालको कम्युनिष्ट आन्दोलनको उर्वर भुमि चितवनको माडी देखिनै पञ्चायत विरोधी आन्दोलन सँगै मसालको राजनितीमा सक्रिय रहँदै कयौ समय भुमिगत र गिरफ्तारी भएको कुरा स्मरण गर्न चाहन्छु | मसालकै एक हिस्सा नेपाल कम्युनिष्ट पार्टी माओवादीको गहन र जनयुद्धको सुरुवात गरेसँगै सोही पार्टीको विचार कार्यनिति संगठनमा आवद्ध रहदै आजका मिति सम्म पनि माओवादी पार्टीमा रहँदै आएको थिए, तर आज मिती 20७८/१२/२४ गतेका दिन नेकपा एमालेको कार्यालय उद्‌घाटनमा आवेशमा आएर केही लहड र क्षणिक उत्तेजनामा  एमाले प्रवेश गरेको प्रति मलाई ठूलो आत्माग्लानि र हिनता वोध भएको छ । मेरो यस कदम बाटसिङ्गो पार्टी, मेरा सहयोद्धा कमरेड र शुभचिन्तकमा पर्न गएको आघात र दुख प्रति क्षमा याचना गर्दै म नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा नै एकताबद्ध रहेको भएर कम्युनिष्ट पार्टी माओवादीमा क्रान्तिकारी विचार प्रति कटिवद्ध हुने सङ्कल्प गर्दछु / सहिदको रगतको सधै उच्च सम्मान गर्दै माओवादी आन्दोलनमा अविचलित भई लाग्नेछु। 

    हर्क बहादुर वि.क. जेष्ठ कम्युनिष्ठ मञ्च रूपन्देही ((माओवादी नेकपा (माओवादी केन्द्र)

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, चैत्र २५ २०७८०९:१३:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij