बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिनाउ गाउँपालिका अध्यक्षको उम्मेदवारमा माओवादी केन्द्रबाट श्रेष्ठ सर्वसम्मत

तिनाउ गाउँपालिका अध्यक्षको उम्मेदवारमा माओवादी केन्द्रबाट श्रेष्ठ सर्वसम्मत

images
  • 468
    SHARES

  • images
    images
    images
    तिनाउ गाउँपालिका अध्यक्षको उम्मेदवारमा माओवादी केन्द्रबाट श्रेष्ठ सर्वसम्मत
    images
    images
    images

    दोभान ।स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनाव प्रचारप्रसार सङ्गै राजनीतिक दलहरूले उम्मेदवार टुङ्गाउने दौडधुपमा लागिरहेका छन् ।कतै उम्मेदवार छनोट प्रक्रियामा छ भने केहि ठाउँमा सर्वसम्मत रुपमा उम्मेदवार छनोट भएका छन् ।

    यसै बिच पाल्पाको तिनाउ गाउँपालिकामा माओवादी केन्द्रले पालिका अध्यक्षको उम्मेदवारको रुपमा राजेश श्रेष्ठलाई सर्वसम्मत छनोट गरेको छ।तिनाउ गाउँपालिका वडा नम्बर २ को  जननिर्वाचित अध्यक्ष र पालिका प्रबक्ता समेत रहेका श्रेष्ठलाई माओवादी केन्द्रले अध्यक्षको उम्मेदवारको रुपमा अगाडी सारेको हो।

    images
    images
    images
     

    वि.स.२०४७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा होमिएका श्रेष्ठ ०५२ सालमा अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य र ०५४ सालमा जनमोर्चा नेपालको तर्फ बाट गाविस अध्यक्षको उम्मेदवार बनेका थिए।

    जनमोर्चा नेपालको तर्फ बाट २०६४ को निर्वाचनमा संविधान सभा सदस्यको उम्मेदवार बनेका उनी ०६४ मानै पार्टीको जिल्ला सचीव बनेका थिए।पार्टी नेकपा भए पछि ७५ सालमा पालिका अध्यक्ष भएका श्रेष्ठ पार्टी विभाजन भएर एमाले र माओवादी भए पछि माओवादी केन्द्रको अध्यक्ष बनेका थिए ।

    ०७४ मा भएको स्थानीय तह निर्वाचनमा वडा नम्बर २ को वडा अध्यक्षको उम्मेदवार बनी अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ बैशाख ३० गते हुने निर्वाचनमा पालिका अध्यक्षको उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    २०७४ को निर्वाचनमा एमालेका ओम बहादुर घर्तीले २ हजार ८ सय १९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र पाण्डेले २ हजार ७ सय ७ मत प्राप्त गरेका थिए। 

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, चैत्र २६ २०७८०२:३५:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij