बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

यी हुन् नेपाली काङ्ग्रेस बाट देवदहमा मेयर पदका आकांक्षीहरु

यी हुन् नेपाली काङ्ग्रेस बाट देवदहमा मेयर पदका आकांक्षीहरु

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    यी हुन् नेपाली काङ्ग्रेस बाट देवदहमा मेयर पदका आकांक्षीहरु
    images
    images
    images

    देवदह। बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भए संगै सम्भावित नगर प्रमुख उप प्रमुखको उम्मेदवार को हुने भन्ने चर्चा बढेको छ। पार्टी कार्यालय तथा विभिन्न चिया पसलहरुमा चुनावी चिया गफ भइरहेका छन् । देवदहमा प्रमुख राजनितीक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रभावशाली तथा लामो समय देखि राजनीति गरिरहेका र केहि नंया अनुहारका नाम मेयरको उम्मेदवारका रुपमा चर्चामा आएका छन्।

    देवदह नगरपालिकामा ८ वटा राजनीतिक दल अस्तित्वमा रहेका छन्। तिन प्रमुख राजनीतिक दल संगै नेकपा समाजवादी र राप्रपाले पनि व्यापक रुपमा संगठन विस्तार गरेको छ। राष्ट्रिय जनमोर्चा,नेकपा क्रान्तिकारी माओवादी,राष्ट्रिय जनमुक्ति पार्टीको संगठन पनि देवदहमा राम्रो रहेको छ।

    देवदह नगरपालिका १ सय ३६ दशमलव ९५ वर्ग किलोमिटरमा फैलिएको छ। २०६८ को जनगणना अनुसार ५३ हजार ५२३ जनसंख्या रहेको देवदहको जनसंख्या २०७८ को जनगणनाको तथ्यांक अनुसार करिब १५ हजार बढेर ७० हजार पुगेको छ। यो संगै मतदाताको संख्या पनि बढेको अनुमान गरिएको छ।

    यद्यपि जिल्ला निर्वाचन कार्यालयले नंया मतदाताको संख्या सार्वजनिक गरिसकेको छैन। रुपन्देहीमा १६ स्थानीय तह छन्। २०७४ मा साढे ४ लाख मतदाता रहेको रुपन्देहीमा पांच वर्षको अवधिमा मतदाताको संख्या पनि बढेको छ।

    देवदहमा संयुक्त गठबन्धन गरेर चुनाबमा सहभागी हुने गठबन्धन दलले बताएका छन् ।नगरमा मात्र गर्ने कि वडा सम्मनै तालमेल गर्ने छिनोफानो भैसकेको छैन।

     

    यी हुन् नेपाली काङ्ग्रेस बाट देवदहमा मेयर पदका आकांक्षीहरु

    images
    images
    images
     

    हिरा बहादुर खत्री
    नेपाली काङ्ग्रेस बाट मेयर पदका लागि हालका नगर प्रमुख हिरा बहादुर खत्रीले दोहोरिने इच्छा देखाएका छन् ।२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी सहितको गठबन्धनको भोट पाएर मेयरमा बाजि मारेका खत्री यस पटक पनि पुनः दोहोरिन चाहान्छन।विभिन्न संचार माध्यममा हिरा केसिले पनि नगर प्रमुखमा दोहोरिने इच्छा देखाएको सार्वजनिक भएको छ।

    गुनाखर भुर्तेल
    नेपाली काङ्ग्रेस बाट देवदह नगर प्रमुख पदका लागि प्रमुख दाबेदारको रुपमा गुनाखर भुर्तेललाई पनि हेरिएको छ।नगर सभापति समेत रहेका भुर्तेल देवदहलाई समृद्द बनाउनका लागि स्वभाविक रुपमा मेयर पदका लागि
    आफ्नो दाबादारी रहने बताउछन् ।

    वासुदेव रिमाल
    नेपाली काङ्ग्रेस बाट मेयर पदका मुख्य दाबेदारको रुपमा चर्चामा आएको नाम हो बासुदेब रिमाल ।अघिल्लो निर्वाचनमा पनि मुख्य दावेदार रहेका रिमालले उक्त निर्वाचनमा टिकट पाएका थिएनन् । रिमाललाई यसपटक मुख्य दाबेदारको रुपमा हेरिएको छ।

    नेपाली काङ्ग्रेस रुपन्देहीको जिल्ला सहसचिव समेत रहेका रिमालले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन् ।आफू नगर प्रमुख पदको प्रमुख दावेदार रहेको रिमालले बताए

    अघिल्लो निर्वाचनमा पनि नगर प्रमुखको दावेदार रहेका रामकृष्ण पौडेल यस पटक पनि मेयरको टिकट लिने लाइनमा रहेका छन् ।

    २०७४ को निर्वाचनमा हिरा केसि,वासुदेव रिमाल,गुनाखर भूर्तेल र राम कृष्ण पौडेलको नाम चर्चामा रहेको थियो र हिरा केसीले मेयरको टिकट पाएर विजयी बनेका थिए।

    त्यसै गरि काङ्ग्रेस बाट हरि प्रसाद न्यौपानेले पनि नगर प्रमुख पदका लागि दावी गरेका छन् ।यस पटक टिकट आफुले पाउने र विजयी पनि हुने न्यौपानेको दावी छ।

    त्यसै गरि काङ्ग्रेसका क्षेत्र नम्बर १ का सचीव विजय गुरुङले पनि पार्टीले विश्वास गरेर टिकट दिएको खण्डमा मेयर लड्नका लागि सक्षम रहेको बताइसकेका छन् ।

    अहिले सम्म कसले टिकट पाँउछन यकिन भएको छैन ,यद्यपि एक हप्ता भित्र काङ्ग्रेस बाट कसले टिकट पाउछन छिनोफानो हुनेछ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij