बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा गठबन्धनले अन्य दलसँग तालमेल गर्न नपाउने

लुम्बिनी प्रदेशमा गठबन्धनले अन्य दलसँग तालमेल गर्न नपाउने

images
  • 787
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेशमा गठबन्धनले अन्य दलसँग तालमेल गर्न नपाउने
    images
    images
    images

    बुटवल। लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनमा रहेका दलहरुले अन्य पार्टीसँग चुनावी एकता वा तालमेल गर्न नपाउने निर्णय गरेका छन्।

    सोमबार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुत बनाउन सहमति जनाउँदै अन्य कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको हो।

    images
    images
    images

    बैठकले चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि गरेको छ। त्यस्तै ‘संयुक्त स्थलगत अनुगमन कार्यदल’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन्।

    बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष बद्री आलमको सहभागिता रहेको थियो।

     

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, चैत्र २८ २०७८०८:३०:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij