समाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले ९८ औ सहयोग रकम हस्तांतरण गरेकोछ ।
स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ३ का स्थायी बासिन्दा हाल रोजगारीको लागि वालिङ नगरपालिका वडा नं १३ बायाटारीमा बसोबास गर्दै आउनु भएका दलेन्द्र राना मगर र मिना राना रानाको २१ वर्षिय एक मात्र सुपुत्र नजिल राना मगर लाई रु.१०,०००/- (दश हजार) रुपिया आर्थिक सहयोग गरेको हो।
विगत ५ वर्ष देखि दुबै मृगौला फेल भइ हाल ललितपुर जिल्ला लखनखेल पाटन अस्पताल मा निरन्तर रुप मा डाइलोसिस गराउदै आएको राना मगरको घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले सहयोगको लागि सबै सामु अपिल गरेको थियो।सोही क्रममा मगर संसार फोटो ग्यालरीले डान्स आइडल २०७८ को प्रतियोगितामा स्पोन्सर बाट बचेको रकम बाट सो सहयोग हस्तांतरण गरेको हो।
आजसम्म मगर संसारले ९८ जना दिन,दुखी,गरीब बिरामिलाई आर्थिक सहयोग गरिसकेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij