बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

धारिलो हतियार प्रहारबाट नभइ गोली लागेर महिला प्रहरीको मृत्यु भएको पुष्टि

धारिलो हतियार प्रहारबाट नभइ गोली लागेर महिला प्रहरीको मृत्यु भएको पुष्टि

images
  • 147
    SHARES

  • images
    images
    images
    धारिलो हतियार प्रहारबाट नभइ गोली लागेर महिला प्रहरीको मृत्यु भएको पुष्टि
    images
    images
    images


    काठमाडौ।  मोरङको लेटाङ घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पेटबाट गोली फेला परेको छ। पोस्टमार्टमका क्रममा उनको पेटमा गोली फेला परेको हो।  

    जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख रामहरि काफ्लेले पोस्टमार्टम रिपोर्टमा उर्मिलाको पेटमा गोली भेटिएको विषय उल्लेख रहेको जानकारी दिए। उक्त विषयमा जिल्ला सरकारी बकिलको कार्यालयले महान्यायाधीवक्ता कार्यालयलाई पनि जानकारी गराएको छ। 

    images
    images
    images

    मोरङको लेटाङमा गत चैत ६ गते प्रहरी र सर्वसाधारणका बीचमा झडप हुँदा महिला प्रहरी श्रेष्ठको ज्यान गएको थियो। भिडमा कसैले धारिलो हतियार प्रयोग गरेको भनिएपनि पोस्टमार्टम रिर्पोटमा गोली लागेर मृत्यु भएको देखिएको छ। 

    विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आर्म्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर गर्न तयार गरिएको अभियोग पत्रमा उल्लेख छ। 

    श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। लेटाङ–५ को शिक्षा विकास माविका एक १४ वर्षीया छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा जवान श्रेष्ठको मृत्यु भएको थियो। 

    ‘पोस्टमार्टम रिर्पोटमा मृत्युको कारण गोली भनिएको छ। प्रहरीकै गोली लागेको हुनसक्ने आशंकामा जाँच गरिएको थियो, तर मेल खाएन,’ जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा भनिएको छ, ‘गोली कसले हानेको कसैको बयानमा खुल्दैन।' 

    झडपका क्रममा रगताम्य अवस्थामा फेला परेकी श्रेष्ठलाई उद्धार गरी कोशी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो। 

    प्रहरीले यसअघि भिडमा रहेका कसैले धारिलो हतियार प्रहार गरी श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुमान गरेको थियो। तर, पोस्टमार्टमका क्रममा उनको गोली लागेर मृत्यु भएको खुलेको हो। 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, चैत्र २९ २०७८०९:०३:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij