वीरगञ्ज। नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कमिटीले वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी सहितका नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्माद्दिन अन्सारीलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साले जनाएको छ । ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई कारबाही गरेको उल्लेख गरेका छन्।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गर्नुको साथै जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलौज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गरेकाले उनीहरुलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अन्सारीले भने उक्त घटनामा आफ्नो कुनै संलगनता नभएको भन्दै सुनियोजित ढंगले फसाउन खोजिएको बताएका छन्। अन्सारी माओवादी केन्द्र वीरगञ्ज का प्रभावशाली नेता मानिन्छन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij