पाँचथर। पाँचथरमा एक किशोरी बुवाबाटै बलात्कृत भएकी छिन्।सदरमुकाम फिदिम नगरपालिका ५ की १२ वर्षीय ती किशोरी चैत २७ गते दिउँसो ४३ वर्षीय बाबुबाट बलात्कृत भएकी हुन्।
घरमा कोही नभएका बेला बुवाले बलात्कार गरेको भन्दै किशोरीकी आमाले मंगलबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी राकेश थापाले जानकारी दिए। बलात्कारको अभियोग लागेका बुवा फरार छन्। किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij