बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ:प्रचण्ड

माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ:प्रचण्ड

images
  • 170
    SHARES

  • images
    images
    images
    माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ:प्रचण्ड
    images
    images
    images

    काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याउनुभएको छ । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गर्नुभयो ।

    प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उहाँले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताउनुभयो । पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको उहाँको भनाइ थियो ।

    images
    images
    images

    अध्यक्ष दाहालले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताउनुभयो । सो अवसरमा नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराईले जनयुद्धकै उपलब्धि खोस्न नदिन सचेत बन्न आग्रह गर्नुभयो ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, बैशाख १ २०७९०२:३८:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij