राजनीति
देवदह। स्थानीय तहको निर्वाचनको मिति तय भए संगै राजनतिक दलहरुले प्रचारप्रसार र चुनावी कार्यालय स्थापना गर्ने कार्यलाई तिब्रता दिइरहेका छन्। बिभिन्न राजनीतिक दल बाट मेयर उपमेयर तथा अध्यक्ष पदमा आकांक्षा व्यक्त गर्नेको संख्या बढिरहेको छ।
यसै बिच अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस संग चुनावी तालमेल गरेर नगर प्रमुख जिताउन मूख्य भूमिका खेलेको माओवादी केन्द्र बाट यस पटक यी अनुहारले मेयरको आकांक्षा व्यक्त गरेका छन्।
मोतिलाल ढकाल
देवदह नगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्र बाट मोतिलाल ढकालले आकांक्षा व्यक्त गरेका छन् ।लामो समय देखि सक्रिय राजनीतिमा रहेका ढकाल यस पटक नगर प्रमुख बनेर जनताको सेवा गर्ने अभिलाषा रहेको बताउँछन् ।
रुपन्देही क्षेत्र नम्बर १ का सह इन्चार्ज समेत रहेका ढकालले माओवादीले ल्याएको एजेन्डाले देश चलेको बताउँदै जसको नीति उसकै नेतृत्व हुनुपर्ने भएकोले माओवादी केन्द्रले मात्रै समृद्द नेपाल र जनताको सपना साकार पार्न सक्ने बताउँछन् ।
गोबिन्द ठडराई
देवदह नगर प्रमुख पदकालागी गोबिन्द ठडराईले पनि मेयर पदका लागि दावी गरेका छन् ।देवदहमा माओवादी केन्द्र निर्णायक शक्ति रहेको बताउंदै यस समृद्द देवदहको निर्माण माओवादी केन्द्रले मात्र बनाउन सक्ने बताए।
लामो समय उद्योग व्यापार संघ देवदहको अध्यक्ष रहेर सफल नेतृत्व सम्हालेका उनले,देवदह टेलिभिजन,मूल्यवान सहकारी लगायतका संस्थामा समेत नेतृत्वमा रहेर काम गरेका छन।उद्योग व्यापार संघको नेतृत्वमा रहदा पहिलो औद्योगिक महोत्सव समेत सफल ढंगले संचालन भएको थियो। माओवादी केन्द्र देवदह नगर अध्यक्ष समेत रहेका ठडराईले मेयर पदको लागि आफु पनि आकांक्षी रहेको बताए।
केदारनाथ काफ्ले
माओवादी केन्द्र बाट केदारनाथ काफ्लेले पनि मेयरको लागि दाबेदार प्रस्तुत गरेका छन् ।पूर्व नगर अध्यक्ष समेत रहेका काफ्लेले देवदह नगरपालिकाका लागि मेयर पदमा आफ्नो पनि दावेदारी रहेको बताउँछन् ।
धन बहादुर अधिकारी
देवदह नगरपालिका मेयर पदका लागि धन बहादुर अधिकारीले पनि दावी गरेका छन् ।
माओवादी केन्द्र बाट मेयर पदका लागि सुन्दरी गिरिको नाम पनि चर्चामा छ।यद्यपि गिरीले उपमेयर बाट उम्मेदवारी दिने प्रबल सम्भावना रहेको पार्टी निकट स्रोतले बताएको छ ।
उपप्रमुख पदका लागि पार्टी प्रबक्ता प्रेम थापा मगर,अखिल नेपाल महिला संघ(क्रान्तिकारी) का नगर अध्यक्ष लक्ष्मी सिग्देल र गणेश कुमार खाती लगायतको नाम चर्चामा रहेको स्रोतले जानकारी दिएको छ।
केन्द्र बाट पांच दलिय गठबन्धन बनाएर चुनावमा भाग लिने निर्णय भए पनि देवदहको हकमा गठबन्धनको विषयमा टुंगो लागिसकेको छैन। मेयर ,उपमेयर र वडा बांडफांड लगायतको विषयमा छलफल जारि रहेको स्रोतले जानकारी दिएको छ । गठबन्धनको विषयमा केहि दिन भित्रै टुंगो लाग्ने बताइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij