बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देश संघियतामा गएपनि संघियताकाे अनुभूति भएकाे छैन :मुख्यमन्त्री के.सि

देश संघियतामा गएपनि संघियताकाे अनुभूति भएकाे छैन :मुख्यमन्त्री के.सि

images
  • 247
    SHARES

  • images
    images
    images
    देश संघियतामा गएपनि संघियताकाे अनुभूति भएकाे छैन :मुख्यमन्त्री के.सि
    images
    images
    images

    बुटवल १ ,बैशाख । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राष्ट्रिय एकता,सहमति र सहकार्य आवस्यक रहेकोमा जोड दिएका छन्।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनीद्धारा बिहिबार बुटवलमा आयोजित सञ्चार सबलिकरणका लागि अन्तरक्रिया तथा नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले मुलुकको समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राष्ट्रिय एकता,सहमति र सहकार्य आवस्यक रहेकोमा जोड दिएका हुन् ।समानुपातिक समावेशी र तीन तहको सरकार सहितको संघीयता विश्वमा कहि कतै नभएको भन्दै प्रदेश प्रमुख शेरचनले संविधानको सहि कार्यान्वयन भए नेपाल अन्तराष्ट्रिय राजनीतिको नमुना मुलुक बन्ने बताए ।

    images
    images
    images

    प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले संघीयता कार्यान्वयनको चार बर्ष पुगेको भन्दै यस अवधीमा को संघीय लोकतान्त्रिक गणतन्त्र र संबिधानको पक्षमा छ र को त्यसको बिपक्षमा छ भन्ने बिषयमा पत्रकारहरुले स्वतन्त्र र निष्पक्ष विष्लेषण गर्नुपर्नेमा जोड दिए ।

    संघीयता कार्यान्वयनको चार बर्षे अवधीमा कसका कारण संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा बाधा उत्पन्न भएको छ भन्ने बिषयमा अब समिक्षा गर्नुपर्ने बेला आएको मुख्यमन्त्री केसीको भनाई थियो ।

    मुलुक संघीयतामा गए पनि संघले अझै पनि प्रदेशले प्राप्त गर्ने सबै अधिकार हस्तान्तरण नगर्दा संघीयताको मर्म अनुरुपको सेवा प्रवाह हुन नसकेको भन्दै मुख्यमन्त्री केसीले संबिधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र ब्यवहारीक रुपमा कार्यान्वयन गर्न संघ इमान्दार हुनुपर्ने बताउँदै देश संघियतामा गए पनि संघियताकाे अनुभूति गर्न नपाएकाे बताए ।

    लोकतन्त्रमा सरकार बन्ने र ढल्ने बिषय सामान्य प्रक्रिया भएको भन्दै उनले सरकार गठनको बिषयलाई लिएर लामो समयसम्म संघीय तथा प्रदेश संसद अबरोध जारी राख्नु लोकतन्त्र र संसदीय मुल्य मान्यता बिपरितको कार्य भएको बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान कार्यान्वयनका लागि सरकारले सरकारजस्तो,जनप्रतिनिधिले जनप्रतिनिधि जस्तो र पत्रकारले पत्रकारकोजस्तो ब्यवहार गर्नुपर्नेमा जोड दिए ।

    हामिले यति वटा कानून बनायौं भनेर गर्व गर्ने अवस्था नरहेको भन्दै सभामुख घर्तीले हामिले बनाएका कानून कार्यान्वयन कसरी भैरहेको छ र जसका लागि कानून बनाइएको हो सो समुदाय तथा क्षेत्र त्यसबाट लाभान्वीत भएको छ की छैन भन्नेतर्फ पनि सचेत हुनुपर्ने बिचार ब्यक्त गरे ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका निमित्त प्रमुख सचिब राजेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुबेदी,संबिधानसभा सदस्य बिनोद पहाडी,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी,शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,महासंघका कपिलबस्तु अध्यक्ष किरणमान बज्राचार्य,सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोल,मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिं बिक लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, बैशाख १ २०७९१०:३४:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij