बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कास्कीमा समाजवादीलाई वडा सदस्य पनि दिन सकिदैन:सचिव ढकाल

कास्कीमा समाजवादीलाई वडा सदस्य पनि दिन सकिदैन:सचिव ढकाल

images
  • 216
    SHARES

  • images
    images
    images
    कास्कीमा समाजवादीलाई वडा सदस्य पनि दिन सकिदैन:सचिव ढकाल
    images
    images
    images


    पोखरा।पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई वडा सदस्य पनि दिन नसकिने कांग्रेसले बताएको छ । पोखरामा सोमबार बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको हो । कांग्रेस कास्कीका सचिव भानु ढकालले अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने जानकारी गराएको बताए ।

    ‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन्,’ ढकालले भने, ‘गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं ।’ कांग्रेसले उक्त जानकारी गराएपछि बैठक उठेको छ। कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन्। जिल्लाभर ७२ वटा वडा छन्। एक जना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताए।

    images
    images
    images

    समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ । समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए।

    पोखरा समाजवादीलाई दिने छलफल चलिरहेका बेला कांग्रेस कास्कीका नेताहरु पनि काठमाडौं डेलिगेसन गएर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखराको मेयर अन्य दललाई दिन नसक्ने बताएको थियो । एकीकृत समाजवादी गठबन्धनमा नरहने भएकाले अब मेयरसहित पालिका प्रमुखहरुमा कांग्रेसकै उम्मेदवार उठ्ने सचिव ढकालले बताए । ‘जिल्लामा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ, अब उहाँहरुसँग चुनावी गठबन्धन हुँदैन,’ ढकालले भने, ‘जिल्लामै गठबन्धनमा नरहेपछि केन्द्रबाट लादिने सम्भावना पनि सकियो ।’

    प्रधानमन्त्री एवं सभापति देउवालाई पार्टीको वडा कार्यसमितिदेखि नै वडा सदस्य समेत समाजवादीलाई दिन नसक्ने निर्णय आएकाले पोखरा नदिन उनले आग्रह गरे । हाम्रा वडा कार्यसमितिले सदस्य समेत दिन समाजवादीलाई दिन हुँदैन भनेका छन्,’ उनले भने, ‘सभापतिले के आधारमा पोखराको मेयर दिनुहुन्छ ? दिए पनि हामी मान्दैनौं ।’

    एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले बिहान गठबन्धन बैठक नै नबसेको बताए। गठबन्धन बैठक दिउँसो १ बजे बस्ने उनले बताए । कांग्रेस सचिव ढकालले बिहान बैठकमा मित्रवत प्रतिश्पर्धामा जाने आह्वान गरेको भन्दै दिउँसो १ बजे बस्ने बैठकमा समाजवादीलाई सहभागी नगराउनेसमेत बताए  । कांग्रेसले पोखरा र चारवटै गाउँपालिका प्रमुख र वडा अध्यक्षसहित सदस्यको उम्मेदवार छनौट प्रक्रिया अघि बढाएको छ । पोखरा महानगरको मेयरमा मात्र कांग्रेसका १८ जना र उपमेयरमा १० जना आकांक्षीले आन्तरिक उम्मेदवारी दिएका छन् ।

    एकीकृत समाजवादी पार्टीले पनि पोखराको मेयरमा ६ जना र जिल्लाका ७२ वटै वडामा वडा अध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । महानगरको मेयर, उपमेयरका बारेमा प्रदेश कमिटीले मंगलबार नाम सिफारिस गर्ने एकिकृत समाजवादी कास्कीका अध्यक्ष आचार्यले बताए ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, बैशाख ५ २०७९०३:५६:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij