देवदह। धुलोको कारण सास्ती बेहोर्नु परेको भन्दै पुर्व पश्चिम राजमार्ग अन्तर्गत शितलनगरमा स्थानियले सडक अबरुद्द गरेका छन्। बिगत ४ दिन देखि पानि नहालेको र सडक विस्तारको काम नियमित रुपमा नभएको भन्दै स्थानीयले सडक अबरुद्द गरेका हुन्।
काम गर्ने फिल्डमा कर्मचारी न्युन खटिने,काममा हेलचेक्राई गर्ने कारणले गर्दा काम सुस्त गतिमा भएको र धुलोको कारण सास्ती व्यहोर्नु परेकोले सडक अबरुद्द गर्न बाध्य भएको स्थानीय कृष्ण अर्यालले बताउनु भयो।
बुटवल देखि नारायणगढ सडक खण्ड विस्तारको काम जारि छ। हाल कल्भट तथा पुल बनाउने काम जारि भए पनि सुस्त गतिमा अघि बढीरहेको छ। २ वर्ष कोरोनाका कारण सडक विस्तार कार्य रोकिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij