बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्ति पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्ति पक्राउ

images
  • 231
    SHARES

  • images
    images
    images
    प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्ति पक्राउ
    images
    images
    images

    काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन्।

    नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय, निर्देशन र आदेश विपरीत क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेका तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका १ घर भएका काठमाडौं सोह्रखुट्टे बस्ने २२ वर्षका अनुप मिश्र, काभ्रेपलान्चोक पनौती नगरपालिका १ का २४ वर्षीय दिपेश थापा र काठमाडौं १३ बाफलका २७ वर्षीय राहुल चचान रहेका छन्।

    नेपालमा प्रतिबन्धित रहेको क्रिप्टो करेन्सी बिटक्वाइन लगायतका बिभिन्न करेन्सीहरुको अवैध कारोबारमा सक्रिय रहेका उनीहरुलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यू रोड र कलंकीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    उनीहरुले प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरी अनुसन्धान गर्दा उनीहरुले  हालसम्म ६६ करोड ७९ लाख ७९ हजार नौ सय त्रियासी रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको प्रहरीले जनाएको हाे।

    उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ।

    पक्राउ परेकामध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म २० वटा क्रिप्टोकरेन्सीहरु जम्मा नेपाली रुपैयाँ ३५ करोड ४६ लाख ८३ हजार ६११ बराबरको कारोबार गरेको देखिन आएको र हाल उनको खातामा १२ हजार ८ सय ३२ अमेरिकी डलर बराबरको बिट क्वाइन मौज्दात रहेको पाइएको छ।

    पक्राउ परेका अर्का दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म ७ वटा क्रिप्टोकरेन्सीहरु मार्फत् नेपाली रुपैयाँ २४ करोड ७९ लाख ५६ हजार ९१८ बराबरको कारोबार गरेको र हाल उनको खातामा एक सय ४५ अमेरिकी डलर रहेको प्रहरीले जनाएको छ।

    अर्का कारोबारी राहुलले १ बर्ष अघि देखि हालसम्म २० वटा क्रिप्टोकरेन्सीहरु ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको र हाल उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिट क्वाइन रहेको जनाएको छ।

    उनीहरुले दैनिक पाँच हजार देखि ५० हजारसम्म कारोबार गर्ने गरेका थिए।साथै व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, बैशाख ५ २०७९०८:०१:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij