मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवल उपमहानगरको मेयरमा कांग्रेस बाट पाण्डे सर्वसम्मत,उप प्रमुखमा ८ जनाको नाम सिफारिस

बुटवल उपमहानगरको मेयरमा कांग्रेस बाट पाण्डे सर्वसम्मत,उप प्रमुखमा ८ जनाको नाम सिफारिस

images
  • 296
    SHARES

  • images
    images
    images
    बुटवल उपमहानगरको मेयरमा कांग्रेस बाट पाण्डे सर्वसम्मत,उप प्रमुखमा ८ जनाको नाम सिफारिस
    images
    images
    images

    बुटवल। नेपाली कांग्रेसले बुटवल उपमहानगर पालिकाको प्रमुखको उम्मेदवार टुंगो लगाएको छ। सोमवार बसेको बुटवल उपमहानगर कमिटीको बैठकले नगर प्रमुखमा एक जना र उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको हो। बैठकले नगरसभापती रहेका पाण्डेको नाम सर्वसम्मत रुपमा पठाउने निर्णय गरेको कांग्रेस बुटवल उपमहानगर समिती सचिव छायां पोखरेलले बताए।

    मंगलबार सम्पन्न बुटवल उपमहानगरका १९ वटै वडा सभापतीहरु सहितको बैठकले नगर प्रमुखमा खेलराज पाण्डे तथा उप प्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी,गंगा पन्थी, राधा ज्ञवाली र सबिता साक्यको नाम सिफारिस गरेको बैठकमा सहभागी एक वडा कमिटी अध्यक्षले बताए।

    images
    images
    images

    अव नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरुको अन्तिम टुंगो लाग्ने छ।

    बुटवलमा उपमहानगर सभापती रहेका पाण्डे सहित क्षेत्रीय सभापती हरी लम्साल,महाधिवेशन प्रतिनिधी चुन्न प्रसाद पौडेल सहितले नगरप्रमुखमा आकांक्षा देखाएका थिए।

    सत्तारुढ गठबन्धनका बिचमा भएको सहमती अनुसार बुटवल उपमहानगरमा कांग्रेसले नगरप्रमुख र नेकपा एकिकृत समाजवादीले उपप्रमुख पाउने सहमती भएपनि नेपाली कांग्रेसले उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ।

    नगरप्रमुखमा सिफारिस गरीएका पाण्डे यसअघिको स्थानीय तह निर्वाचनमा समेत नगर प्रमुख पदमा उम्मेदवार भएका थिए।

    एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत पाउदा माओवादी सहितको गठबन्धनका उम्मेदवार पाण्डेले २० हजार ८ सय ५१ मत पाएर पराजित भएका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij