बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एसइईमा संस्कृततर्फबाट नौ विद्यार्थी सहभागी हुँदै

एसइईमा संस्कृततर्फबाट नौ विद्यार्थी सहभागी हुँदै

images
  • 249
    SHARES

  • images
    images
    images
    एसइईमा संस्कृततर्फबाट नौ विद्यार्थी सहभागी हुँदै
    images
    images
    images

    बेनी। यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन्। बेनी नगरपालिका–९ गलेश्वरस्थित शालिग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ। 

    यसैगरी उज्यालो वैकल्पिक विद्यालयबाट पाँच आमासमेतले परीक्षामा सहभागीता जनाउने छन् । परीक्षामा जिल्लाका विभिन्न पाँच प्राविधिक धारतर्फका १३१ विद्यार्थीले सहभागी जनाउने छन्। जिल्लामा कुल दुई हजार २४५ परीक्षार्थीमध्ये छात्र एक हजार ९५ र छात्रा एक हजार १५० छन्। परीक्षामा एक खुला विद्यालयसहित ७४ विद्यालयका विद्यार्थीले सहभागीता जनाउने कार्यालयले जनाएकोछ। परीक्षामा ग्रेड वृद्धिका लागि आठ जनाले सहभागी हुन लागेका छन्। 

    images
    images
    images

    जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि नौ परीक्षा केन्द्र तोकिएको छ। परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष नियुक्त गरी उनीहरुलाई अभिमूखिकरणसमेत गरी सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइएको छ। यस वर्ष राष्ट्रिय परीक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ। परीक्षा सञ्चालनका लागि बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिङ्गा, मंगला मावि बावियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई परीक्षा केन्द्र तोकिएको छ।

    सदरमुकाम बाहिर रहेका परीक्षा केन्द्र नजिक रहेका प्रहरी चौकीमा प्रश्नपत्र र उत्तरपुस्तीका पठाउन सुरु गरिएको छ। परीक्षालाई मर्यादित र शान्त बनाउनका लागि जिल्ला परीक्षा समितिसँगै स्थानीय तहसमेतलाई सम्बन्धीत पालिकामा रहेका परीक्षा केन्द्रको अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ। 

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, बैशाख ६ २०७९०८:०९:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij