बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

माओवादी केन्द्र देवदह ५ को वडा अध्यक्ष पदको उम्मेदवारमा श्रीस सिफारिस

माओवादी केन्द्र देवदह ५ को वडा अध्यक्ष पदको उम्मेदवारमा श्रीस सिफारिस

images
  • 831
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्र देवदह ५ को वडा अध्यक्ष पदको उम्मेदवारमा श्रीस सिफारिस
    images
    images
    images

    देवदह। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ को अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा  माओवादी केन्द्रबाट बम बहादुर श्रीसको नाम सिफारिस भएको छ। देवदहका बरिष्ठ युवा व्यावसायी तथा समाजसेवी श्रीसको नाम  अध्यक्ष पदको उम्मेद्वारको लागि सिफारिस गरिएको हो। 

    देश माओवादी केन्द्रको एजेन्डाले चलेको र समृद्द वडा निर्माणका लागि र विशुद्द जनताको सेवाको लागि आफुले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको श्रीसले बताए। वडा वासीले आफुलाई विश्वास गर्ने बताउंदै श्रीसले पछिल्लो समय आफ्नो पहलमा देवदह वडा नम्बर ५ को सगरमाथा तोलामा खानेपानीको सुविधाको लागि प्रदेश सरकार बाट ७ लाख विनियोजन भएको ,देवदह ५ कै मितेरी गाउँमा नालीको लागि प्रदेश सरकार बाट ३५ लाख विनियोजन भएको बुद्द धर्मावलम्बीको गुम्बाको ट्रस्ट निर्माणलागि ७ लाख देवदह ५ को प्रगति टोल गोपाल गुरुङको घर देखि कलुवा चोक सम्म सडक मर्मतका लागि १० लाख विनियोजन गर्न पहल गरेको श्रीसले बताए। 

    images
    images
    images

    वडा अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त हुँदै श्रीसले बैशाख ३० गते हुने निर्वाचनमा निशंकोच रुपमा मतदान गर्न अपिल गरेका छन् साथै कुनै लोभ लालच र प्रलोभनमा नपरी काम गर्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन्। 

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, बैशाख ८ २०७९०८:३२:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij