देवदह।नेकपा एमाले देवदह नगर कमिटीले चुनाव लक्ष्यित घोषणा पत्र सार्वजनिक गरेको छ।
पार्टी अनुशासन आयोगका केन्द्रिय सदस्य तथा प्रदेश सांसद डाक्टर कृष्ण न्यौपानेले घोषणा पत्र सार्वजनिक गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन सबै नेता कार्यकर्तालाई एक जुट भएर लाग्न आह्वान गरेका छन् ।
घोषणा पत्रमा उल्लेख गरिएका बुदाहरु उल्लेख गर्दै घोषणा पत्र निर्माण समितिका संयोजक यम रानाले थप छ्लफल र सुझाव संकलन पश्चात् छुटेका बुदाहरु समेटिने बताएका छन् ।
कार्यक्रम नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंको अध्यक्षता,उपाध्यक्ष हिरा बहादुर थापाको स्वागत,सचीव बिष्णु अर्यालको संचालन प्रदेश कमिटी सदस्य विद्या लक्ष्मी गुरुङ,झिल्लु प्रसाद न्यौपाने लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।
यी हुन नेकपा एमालेले सार्वजनिक गरेको घोषणा पत्र
शिक्षा तर्फ
-विद्यार्थी भर्नाका लागि जनचेतना अभियान
-सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि उत्कृष्ट नतिजा ल्याउने वातावरण निर्माणका लागि पहल
-मावि तहका शिक्षकहरुका लागि एक शिक्षक एक ल्यापटप कार्यक्रम
-एक विद्यालय एक स्वास्थ्यकर्मीका लागि पहल
-रात्रि विद्यालयको स्थापना गरि पढ्न चाहाने तर छुटेकाहरुका लागि व्यावस्थापनमा सहजता
-मातृभाषाको संभाव्यता अध्ययन गरि कार्यान्वयनका लागि पहल
-कमजोर आर्थिक अवस्था रहेका विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था
-आदर्श बहुमुखी क्याम्पसको स्तरोन्नति गरि स्नातकोत्तर सम्म अध्यापन गराउन वातावरण निर्माणका लागि पहल
स्वास्थ्य तर्फ
-नेकपा एमालेको अवधारणा अन्तर्गतको स्वास्थ्य विमा कार्यक्रम व्यवस्थित गर्दै लैजाने
-सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन
कृषि तर्फ
-प्राङ्गारिक मलको प्रयोग गर्न जनचेतना
-कृषि अनुदानको अनुगमन
-कृषिको यान्त्रिकरण तथा साना किसानलाई अनुदान
-प्रत्येक घरमा १० वटा फलफूलका बिरुवा लगाउने अभियान
-सिंचाइ प्रणालीको दिगो रुपमा विकास
-कुलो अतिक्रमण व्यावस्थापन
-व्यावसायिक कृषि पालनमा प्रोत्साहन
सडक पूर्वाधार
-व्यस्त बजारमा cctv क्यामरा जडान
-सडक विस्तार तथा मर्मत
-बजेत कार्यान्वयनमा जोड
-देवदहको वनचौकी देखि लुम्बिनी बौद्द विश्व विद्यालय टटेरा सम्म सडक विस्तार
-पैदल मार्ग तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार प्रबर्द्धन तथा संरक्षण
भाषा साहित्य र पर्यटन
-प्रज्ञा प्रतिष्ठानलाई पुर्णता दिई कार्य गरिने
-संभावित होमस्टे स्थापना गरिने क्षेत्रको पहिचान गरि कार्य अगाडि बढाइने
-मातृभाषा सम्बर्द्धन संरक्षण
-एतिहासिक स्थलहरुको प्रक्रिया पुराई व्यवस्थित ढङ्गले उत्खनन गरि संरक्षण र प्रचारप्रसार
वन तथा वातावरण
-खाली जग्गामा वृक्षारोपण गर्न प्रोत्साहन
-बन डढेलो नियन्त्रण
-वायु प्रदुषण नियन्त्रणमा पहल
फोहोर मैला व्यवस्थापन
-प्रदुषित फोहोर नियन्त्रण
-जेष्ठ नागरिक तथा बालबालिका मैत्री शौचालयको व्यवस्था
कर्मचारी सुशासनका लागि पहल
स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित सम्मान
उत्पादनमा आधारित अनुदानलाई व्यवस्थापन
कानुनी सचेतना अभियान
देवदहमा सुबिधा सम्पन्न रंगशाला निर्माण
जीवन उपयोगी सीप
रोजगार सहजीकरण
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij