बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

जनप्रतिनिधि हुनका लागि आवेदन खुल्यो:शौचालयको ताला खुल्न सकेन

जनप्रतिनिधि हुनका लागि आवेदन खुल्यो:शौचालयको ताला खुल्न सकेन

images
  • 411
    SHARES

  • images
    images
    images
    जनप्रतिनिधि हुनका लागि आवेदन खुल्यो:शौचालयको ताला खुल्न सकेन
    images
    images
    images

    १६ महिना अगाडी तयार पारिएको भिडियो सामाग्री 

     

    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह नगरपालिका स्थित वडा नम्बर ७ को शितलनगरमा निर्माण भएको सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको बर्षौ बितिसल्दा पनि संचालनमा औं सकेको छैन। 

    जिल्ला विकास समिति रुपन्देहीको आर्थिक बर्ष २०७१/०७२ को बजेट बाट निर्माण भएको शौचालय नगरपालिका र उपभोक्ता समिति बिच शौचालय निर्माणका क्रममा भएको खर्चको बिषयमा कुरा नमिल्दा संचालनमा आउन नसकेको हो।

    शौचालय निर्माण गर्दा २३ लाख ७९ हजार ७ सय ९० रुपैयाँ खर्च भएको तर नगरपालिकाले पटकपटक गरि जम्मा १५ लाख रुपैयाँ भुक्तानी दिएको र बाँकि रकम निकासा नभएको कारण शौचालय संचालनमा आउन नसकेको जानकारी प्राप्त भएको छ। 

    No photo description available.

     

    हाल उक्त शौचालय जिर्ण हुने अवस्थामा छ। शौचालयका लागि ल्याइएको पानि ट्यांकी फुटिसकेको छ।बाहिरि भागमा लगाएको मार्वल फुटेको छ। शौचालय पुन:संचालनमा ल्याउनका लागि झन्डै १ लाख खर्च लाग्ने अनुमान गरिएको छ। झन्डै २४ लाख रकम खर्च गरेर निर्माण गरिएको शौचालय संचालनमा ल्याउन किन हेलचेक्राई गरियो यो सोचनीय बिषय रहेको छ। 

    राजनीतिक दलहरुले बनाएको घोषणा पत्रमा सार्वजनिक शौचालयलाई मूख्य प्राथामिकतामा राखेका छन्। तर साप्ताहिक रुपमा बजार लाग्ने र सडक छेउमा निर्माण भएको शौचालय संचलन सम्म गर्ने प्रयास कसैले गरेको देखिएको छैन। 

    के जनताको कर बाट बनाएको सार्वजनिक संरचनाहरु यसरिनै अव्यवस्थित र जिर्ण हुँदै जाने हो ?स्थानीय तह निर्वाचन अघिनै निर्माण भएको शौचालय संचालनमा जनप्रतिनिधिको किन ध्यान जान सकेन ?किन पहल गरेनन ?

     

    शौचालय किन संचालनमा आएन ?भिडियो रिपोर्ट हेर्नुहोस 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij