देवदह। देवदह नगरपालिकाको मेयर र उपमेयरको टुंगो लागेको छ। जस अन्तर्गत मेयरमा धुब्र खरेल र उपमेयरमा विद्या लक्ष्मी गुरुङले टिकट पाएका छन्।
मेयरको दौडमा हालका नगर अध्यक्ष टिकाराम चापागाईं,यम राना,धुब्र खरेल,गुमान सिंह कुँवर,बिष्णु प्रसाद पौडेल,प्रकाश अर्याल लगायतका नेताहरु थिए।
त्यसै गरि पार्टीले उपमेयरमा बिद्या लक्ष्मी गुरुङलाई टिकट दिने निर्णय गरेको छ। गुरुङ बहालवाला उपप्रमुख हुन्।
यी हुन् टुंगिएका उपमहानगर र नगरपालिकाका उम्मेदवार
बुटवल उपमहानगर पालिका
मेयरः बाबुराम भट्टराई
उपमेयरः सावित्रा अर्याल
तिलोत्तमा नगरपालिका
मेयरः मोहन चापागाईं
उपमेयरः जागेस्वरीदेवी चौधरी
सैनामैना नगरपालिका
मेयरः चित्र कार्की
उपमेयरः बिना राना
देवदह नगरपालिका
मेयरः ध्रुव खरेल
उपमेयरः विद्यालक्ष्मी गुरुङ्ग
सिद्वार्थनगर नगरपालिका
मेयरः डा. रामप्रसाद बस्याल
उपमेयरः उमा अधिकारी
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij