बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

स्थानीय तह निर्वाचन:नोट सहितको भोट, इमान्दार नेतालाई चोट

स्थानीय तह निर्वाचन:नोट सहितको भोट, इमान्दार नेतालाई चोट

images
  • 448
    SHARES

  • images
    images
    images
    स्थानीय तह निर्वाचन:नोट सहितको भोट, इमान्दार नेतालाई चोट
    images
    images
    images

    स्थानीय तहको निर्वाचन भएको झण्डै ५ वर्ष बितेको छ।यो सङ्गै पुनः नयाँ जनप्रतिनिधि चयन गर्ने बेला भैसकेको छ।राजनीतिक दलहरू बिच टिकट बाडफाडका लागि छलफल भैरहेका छन् ।

    उम्मेदवार बन्न चाहानेहरु टिकट प्राप्त गर्नका लागि दौडधुप तथा बार्गेनिङ गरिरहेका छन् ।पछिल्लो समय राजनीतिलाई ब्यापारको रुपमा हेर्न थालिएको छ।नेतृत्वले इमानदार नेतालाई भन्दा पनि जसले बढी खर्च गर्न सक्छ उसलाईनै उम्मेदवारको टिकट दिने परम्परा देखिएको छ।चुनावमा लाखौं खर्च गर्ने,जित हासिल भए पछि प्रतिबद्धता अनुसार काम नगर्ने हो कि भन्ने शंका बढेको छ।

    images
    images
    images

    उम्मेदवारका लागि सक्षम ब्याक्ती को हुने भनेर मापदण्ड बनेको त छैन,यद्यपि जनताले सहज विश्वास गर्ने,कार्ययोजना मिसन,भिजन भएको,कुनै विवादमा नमुछिएको व्याक्तीलाई टिकट दियो भने विजयी हुन सक्छन् ।मुख्य कुरा संगठन भए पनि पछिल्लो समय जनताले ब्याक्ती हेर्न थालेका छन् ।जसले केही गर्न सक्ने इच्छा शक्ति देखाउछ,उसलेनै परिवर्तनका खातिर काम गर्न सक्छ।

    पछिल्लो समय युवा पुस्तामा पनि राजनीतिमा रुचि बढेको छ।यद्यपि नंया पुस्तालाई व्यापक रुपमा राजनीतिक,वैचारिक रुपमा प्रशिक्षणको आवश्यकता रहेको छ।युवा पुस्ता राजनीतिमा सेवा गर्न भन्दा पनि पैसा कमाउन र संरक्षण खोज्न प्रवेश गर्ने परिपाटीको अन्त्य गर्दै युवाहरूको सीप,क्षमता, कार्ययोजनालाई प्रयोग गरि राष्ट्रको विकास र उन्नतिका लागि लगाउनु उपयुक्त हुने देखिन्छ।

    अन्त्यमा,स्थानीय तहमा हुने निर्वाचनमा नोट वाला उम्मेदवार होइन,इमानदार योग्य र सक्षम व्याक्तीलाई अवसर दिऔं,जसले गर्दा पछि पछुतो नहोस्

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, बैशाख ११ २०७९०८:५०:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij