देवदह। बैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचनमा भएको टिकट वितरण प्रक्रियालाई लिएर राजनीतिक दल भित्र असन्तुष्टि देखिएको छ।बिभिन्न राजनीतिकदल भित्रका नेता कार्यकर्ताहरुले राजिनामा देखि लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने सम्म घोषणा गरेका छन्।
यसै बीच नेपाली कांग्रेस देवदह ६ का वडा सभापति रुकात्मक भारतीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। पार्टी भित्र इमान्दार कार्यकर्ताको कदर नरहेको र योगदानको कदर नभएको भन्दै भारतीले वडा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
पत्रकारहरु संग कुराकानी गर्दै भारतीले निश्वार्थ रुपमा जनताको सेवा गर्नका लागि आफ्नो उम्मेदारी रहेको बताउंदै जनताले आफुलाई बिश्वास गरेर विजयी गराउनेमा विश्वस्त रहेको बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij