वैशाख १२ । देवदहमा नेकपा एमालेका कार्यकर्ताहरूले नारा जुलुस गरेर बिरोध गरेका छन् । उम्मेदवार छनौटमा पार्टी नेतृत्वले विवेक नपुर्याएको भन्दै देवदहमा स्थानीय एमाले नेता कार्यकर्ताले सामाजिक संजालमा मात्रै नभएर नारा जुलुस नै गरेर बिरोध जनाएका हुन् ।पार्टीमा केही व्यक्तिको सिन्डिकेटमा चलेको भन्दै नेता कार्यकर्ताहरूले आइतबार पार्टी नेताद्वय छविलाल विश्वकर्मा र डा. कृष्ण न्यौपाने लगायत अन्य स्थानीय नेता विरुद्ध नारा जुलुस गरेका हुन् ।
उनीहरूले लामो समय देखि पार्टीमा इमान्दार भएर काम गरेका नेतालाई टिकट नदिएर आफू निकट व्यक्तिलाई टिकट दिईएको भन्दै बिरोध जनाएका थिए । एमालेमा व्यक्तिवाद हावी भएको हुनाले अहिलेको स्थिति सिर्जना भएको देवदहका पार्टी उपसचिव अजय रौनियारले बताउनुभयो । पार्टी प्रणालीबाट नभई सिमित व्यक्तिको गोजीबाट टिकट बाँडिएको धेरै इमानदार कार्यकर्ताको मन दुखाएको उल्लेख गर्दै उहाँले यहि स्थिति सिर्जना रहीरहे हजारौं पार्टी सदस्यहरू पार्टीमा निष्क्रिय हुनुपर्ने अवस्था आउन सक्ने समेत उल्लेख गर्नुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij