बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा स्वतन्त्र उम्मेदवारी दिनेको लर्को

देवदहमा स्वतन्त्र उम्मेदवारी दिनेको लर्को

राजनिति

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    देवदहमा स्वतन्त्र उम्मेदवारी दिनेको लर्को
    images
    images
    images

    देवदह । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेसँगै दलहरु उम्मेदवारी टुङ्ग्याउने तथा मनोनयन दर्ता गर्ने चटारोमा छन् । यता रुपन्देहीको देवदह नगरपालिकामा भने विशेष गरि कांग्रेस र नेकपा एमालेबाट असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा वडा नम्बर ७ मा नेकपा एमालेबाट अध्यक्षमा बिजयी तथा हालका समेत अध्यक्ष पदका दाबेदार पदम थापाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस वडा नम्बर ६ का सभापती रुकात्मक भारतीले पार्टीबाट राजिनामा दिएर वडा नम्बर ६ को अध्यक्षका रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यस्तै नेकपा एमाले वडा नम्बर १ का अध्यक्ष पदका दाबेदार हरी कुमार तामाङ्गले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले वडा नम्बर ५ का अघिल्लो कार्यकालका सदस्य तोलराज बि.क.ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यता वडा नम्बर ७ मै नेकपा एमालेबाट बिजयी पुर्व कार्यपालिका सदस्य बन्दु कुमालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अन्य स्वतन्त्र उम्मेदवारहरुको पूर्ण बिवरण भने आउन बाँकी नै छ । निर्वाचनमा पार्टीबाटै यसरी स्वतन्त्र उम्मेदवारहरु आउने अवस्थाले दलगत राजनीतिको व्यवस्थापन भित्रै शंका गर्नुपर्ने अवस्था आएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, बैशाख १२ २०७९०३:१५:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij