मगर संसार द्वारा १०० औ सहयोग हस्तांतरण
मगर संसारका संस्थापक अध्यक्ष/सामाजिक अभियंता रुपन्देही जिल्ला देवदह हाल कोरियामा कार्यरत अनिल लामिछाने मगरको पहलमा मगर संसार फोटो ग्यालरी द्वारा आर्थिक सहयोग बिरामिलाई हस्तांतरण गरिएको छ।
१ वर्ष अगाडि हात भाँचीएर बेलैमा उपचार नपाएपछि अहिले आएर शरिरकाे विभिन्न भागहरु नचल्ने समस्याले पीडामा परेकी स्याङ्जा जिल्ला गल्याङ - ८ तिन दोबाटेका मन बहादुर मगर र आमा डिल्ली कुमारी थापा मगरकाे कान्छी छाेरी वर्ष १४ काे गंगा सारू मगरलाई उपचारको लागि देश बिदेश बाट संकलन भएको रु.४८,५००/ रुपैंया आज एक कार्यक्रमको बीच मगर संसारका एडमिन सबिना थापा मगर को हात बाट स्थानीय बुद्धिजीवीको उपस्थितिमा हस्तांतरण गरिएको हो।
सहयोग पठाउनु हुने सहयोगी दाताहरुको नाम
१) मगर संसार डान्स आइडल २०७८ मा स्पोन्सर बाट बचेको रकम मध्य रु.१० हजार ।
२) दिलेन्द्र थापा मगर - स्याङजा बसाइ रामपुर हाल कोरिया कोरियन ३० हजार वन,
३) बिशाल सोती मगर - हुप्सेकोट २ नवलपरासी हाल कोरिया कोरियन ३० हजार वन,
४) बीरू थापा मगर - स्याङजा चापाकोट -१ हाल नाइजेरिया रु.१५हजार वन,
५) कमल थापा मगर - संखुवासभा खाड़बारी हाल कोरिया कोरियन २५ हजार,
६) दीपक श्रेष्ठ - पाल्पा रामपुर हाल कोरिया कोरियन दस हजार वन,
७) ओमन राना मगर - गल्याङ ९ गाउँखर्क स्याङजा हाल कोरिया कोरियन २० हजार वन,
८) विजया पुनमगर - बुटवल ६ रु.१,५००/-,
९) समीर गाहा मगर - देवदह चरंगे रूपनदेही हाल कोरिया कोरियन 20,०००/- वन,
१०) ओम सारू र छामिसरा (झेंडी)मगर - पाल्पा निस्दी -४, मित्याल हाल आरुनखोला रु.५,०००/-,
११) लीला मगर - ओखलढूंगा हाल job रसुवा रु.२,०००/-(जन्मदिन को अवसर पारेर सहयोग)
टोटल रु:- ४८,५००/-
सहयोग अभियन्ता :- अनिल लामिछाने मगर(कोरिया)
एवं समस्त मगर संसार एडमिन परिवार
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij